स्वास्थ्य

कपिलवस्तुमा तीन वर्षमा १३ हजार परिवारको स्वास्थ्य बीमा



कपिलवस्तु १७ भदौ । कपिलवस्तुमा तीन वर्षको अवधिमा १३ हजार ६ सय ५ परिवारले स्वास्थ्य बीमा गराएका छन् । जिल्लाका दश स्थानिय तहमा खटिएका ९६ जना बीमा दर्ता सहयोगीहरुले अहिले सम्म ७२ हजार ४ सय ७४ जनाको स्वास्थ्य बीमा गराएका हुन् । स्वास्थ्य कार्यालय बीमा ईकाइका अनुसार सुरुवाती चरण भन्दा पछिल्लो समयमा बीमा गर्नेहरुको संख्या घटेको जनाएको छ ।जिल्लाको वाणगंगा नगरपालिकामा सबैभन्दा धेरै ५ हजार १३४ परिवारका २६ हजार ७ सय जनाले बीमा गरेका छन् ।

           बुद्धभूमि नगरपालिकामा २ हजार ७ सय ३० परिवारका १४ हजार जना, महाराजगन्ज नगरपालिकामा १ हजार ५० परिवारका ६ हजार ९० जना र कृष्णनगर नगरपालिकामा ८ सय ६९ परिवारका ५ हजार १४ जनाले स्वास्थ्य बीमा गराएका छन् । यस्तै कपिलवस्तु नगरपालिकामा १ हजार ३ सय ९९ परिवारका ७ हजार जना, विजयनगर गाँउपालिकामा ६ सय ९० परिवारका ३ हजार ७ सय ५० जना र शिवराज नगरपालिकामा ८ सय ५४ परिवारका ४ हजार ५ सय जनाले बीमा गराएका छन् ।

           शुद्धोदन गाँउपालिकामा ४ सय ४२ परिवारका २ हजार २ सय १० जना, मायादेबी गाँउपालिकामा २ सय ३६ परिवारका र १ हजार २ सय ८० जना, यशोधरा गाँउपालिकामा २ सय १ परिवारका १ हजार ९ सय ३० जनाले बिमा गराएको स्वास्थ्य बीमा बोर्डकी दर्ता अधिकारी सुजता महर्जनले बताउनुभयो । अहिले सम्म स्वास्थ्य बीमा गरेपावत नगद रकम रु २ करोड १२ लाख ४ हजार ९८५ रकम संकलन भएको महर्जनले बताउनुभयो ।

   जेष्ठ नागरिक र अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७६\७७ मा ४ हजार २ सय ३२ जेष्ठ सदस्य र ६ हजार ९सय ३२ जना अतिविपन्न परिवारका सदस्यहरुको निशुल्क स्वास्थ्य बीमा गरिएको स्वास्थ्य बीमा वोर्डका दर्ता अधिकारी सुन्दरलाल चौधरीले बताउनुभयो ।जिल्लामा स्वास्थ्य बीम  सेवा लिनकालागि जिल्ला अस्पताल तौलिहवा, पिपरा प्राथमिक स्वास्थ्य चौकी, शिवराज अस्पताल बहादुरगंज, महाराजगंज प्राथमिक स्वास्थ्य केन्द्र र मायादेवी स्वास्थ्य चौकीलाई तोकिएको छ ।

 तीन वर्षको अवधिमा शिवराज अस्पतालबाट स्वास्थ्य बीमा गराएका १८ हजार ६ सय नागरिकहरुहरुले सेवा लिएको अस्पतालनका स्वास्थ्य बीमा संयोजक राज शुक्लाले बताउनुभयो । जिल्लाको कृष्णनगर नगरपालिका,बिजयनगर गाउँपालिका,शिवराज नगरपालिका र महाराजगंज नगरपालिकाका नागरिकहरुले सेवा लिएको उहाँले बताउनुभयो । २०७५ साल जेठ १ गते बाट अस्पतालहरुले सेवा दिन सुरु गरेका थिए ।सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा एक परिवारका ५ जना सदस्यसम्मको लागि वार्षिक ३ हजार ५ सय रुपैयाँको बीमा शुल्क तिर्दा बीमा कार्यक्रम लागू भएको स्वास्थ्य संस्थाबाट १ लाख रुपैयाँसम्म निशुल्क उचार हुने गर्दछ । त्यो भन्दा बढी परिवार हुनेले प्रति सदस्य थप ७ सय रुपैयाँ शुल्क तिर्नु पर्दछ ।

प्रकाशित : १७ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६