स्वास्थ्य

मास्क र सेनिटाईज वितरणको अभियानलाई तिब्र बनाउदैँ राष्ट्रिय युवा सँघ



कपिलवस्तु १७ भदौँ । राष्ट्रिय युवा सँघ नेपाल जिल्ला कार्य समिती कपिलवस्तुले मास्क र सेनिटाईज वितरणको अभियानलाई तिब्र पारेको छ । यतिबेला अभियानलाई तिब्र बनाउदै कोभिड १९ को नियन्त्रणमा फ्रन्टलाईनमा खटेर काम गर्ने स्वास्थ्यकर्मी र शुरक्षाकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण भईरहेको छ । बुधबार राष्ट्रिय युवा सँघ नेपाल जिल्ला कार्य समिती कपिलवस्तुले ईलाका प्रहरी पिपरा, ट्राफिक प्रहरी पिपरा , शशस्त्र प्रहरी पटना,स्वास्थ्य चौकी पटना ,मेच्कुरी प्रहरी चौकी ,शहरी स्वास्थ्य क्लिनिक बरवा , आधारभूत स्वास्थ्य क्लिनिक राजापनी , प्रहरी चौकी गजेहडा गरि त्यहा कार्यरत सुरक्षाकर्मी र स्वास्थ्कर्मीलाई मास्क ,सेनिटाईजर र साबुन वितरण गरेको छ । बिहिबार जिल्लाको मायादेबी र शुद्धोद्धन गाउपालिकामा वितरण गर्ने राष्ट्रिय युवा संघका केन्द्रिय सदीस्य गोपालमणी ज्ञवालीले बताउनुभयो ।

            बुधबारको वितरण अभियान कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य टुकलाल गैरे ,युवा संघका जिल्ला संयोजक बिजय कुवँर ,अनेरास्ववियूका जिल्ला अध्यक्ष बाबुराम अर्याल ,युवा नेता श्याम सुवेदी ,कमल क्षेत्री र प्रदिप पौडेलले सहभागिता रहेको थियो । स्वास्थ्य कर्मी र शुरक्षाकर्मीकोे स्वास्थ्य सुरक्षामा सहयोग र काम प्रती थप उत्साह जागोस् भनी पहिलो चरणमा संघलाई प्राप्त भएका १० हजार थान माक्स र सेनिटाईजर बितरण गर्ने अभियान शुरु भएको हो । अभियानको पहिलो दिन बाणगंगा नगरपालिकाको आईशोलेन सेन्टर बुङचीमा ५०० थान मास्क हस्तारन्तरण गरिएको थियो । प्रदेश ५ का साँसद बिष्णु पन्थीको समन्वय र सहजिकरणमा हस्तान्तरण गरिएका मास्क र सेनिटाईजर जिल्लाका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई वितरण गरिने युवा संघले जनाएको छ ।

प्रकाशित : १७ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६