स्वास्थ्य

बाग्लुङ : ६ जनाको ज्यान गयो, सात जना बेपत्ता



बाग्लुङ १८ भदौँ । बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी र पहिरोमा परेर ६ जनाको ज्यान गएको छ ।सात जना अझै हराइरहेका छन् । ढोरपाटनको भुदीखोलामा गएराति आएको बाढीले खोला किनारका कयौँ घर बगाउँदा १३ जना हराएका थिए । अहिले ६ जनाको शव भेटिएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले उज्यालोलाई जानकारी दिनुभयो । बाढीले भुदीखोला लघुजलविद्युत र एउटा गाडी पनि बगाएको छ । खोजी र उद्धारको लागि प्रमुख जिल्ला अधिकारी न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा जाँदैछ। घटनास्थल सदरमुकामबाट ५ घण्टाको दूरीमा रहेको छ ।ढोरपाटनको वडा नम्बर ६, ७, ८ र ९ मा गएराति धेरैबेरसम्म मुसलधारे पानी परेको थियो ।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६