स्वास्थ्य

स्वास्थ्य शिक्षा कार्यक्रम हटाउने निर्णयमा निजी प्राविधिक बिद्यालय महासंघको बिरोध



कपिलवस्तु १८ भदौँ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले डिप्लोमा तह मुनिका स्वास्थ्य शिक्षा कार्यक्रम चालु आ.व. बाट हटाउने निर्णय गरेकाले नेपाल निजी प्राविधिक बिद्यालय महासंघले बिरोध जनाएको छ ।महासंघमा आबद्ध प्राविधिक बिद्यालय संचालकहरुले आयोगको उक्त निर्णय फिर्ता लिनु पर्नै माग गर्दे आज प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

     चालु आ.व.को नविकणका लागि सिटीइभिटीले आवश्यक दस्तुर जम्मा गराई सकेको अवस्थामा कार्यक्रम स्थगित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश पाँचका अध्यक्ष अरुण कुमार पान्डेले बताए । देशभरका ६२ वटा जिल्लाबाट आज एकैपटक ज्ञापनपत्र बुझाइएको उपाध्यक्ष पाण्डेले बताएका छन् ।कोरोना भाइरस संक्रमणको बेला निजी प्राविधिक बिद्यालयलाई राहतको सुविधा दिनुपर्नै माग गरिएको छ ।


प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६