स्वास्थ्य

कोरोना उपचारका लागि आयुर्वेदिक औषधिको परीक्षण प्रक्रिया सुरु



काठमाण्डौ २२ भदौँ । कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि आयुर्वेदिक औषधिको परीक्षण प्रक्रिया सुरु भएको छ । प्रदेश ५ का झण्डै एक सय जनामा आयुर्वेदिक औषधिको परीक्षणको लागि प्रक्रिया सुरु गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले बताउनुभयो ।परीक्षणका लागि सरकारले अनुमति दिइसकेको छ । यो औषधि सामान्य लक्षण देखिएकालाई दिने र त्यसपछि लक्षण र अस्पताल बसाइ कति घट्यो भन्ने हेर्नुको साथै रगतमा केही परिवर्तन आए नआएको जाँच गर्ने डा। ज्ञवालीले बताउनुभयो ।

 जेठीमधु र त्रिकटुको मिश्रण बनाएर तयार गरिएको यस आयुर्वेदिक औषधि बिरामीलाई खाना खानुअघि खुवाउने उहाँले बताउनुभयो । मरीच, पिप्ली र सुकेको अदुवा बराबर मात्रामा मिलाएर त्रिकटु बनाइने उहाँले जानकारी दिनुभयो । तर त्यो औषधि गम्भीर समस्या देखिएकाहरुलाई नदिइने उहाँले बताउनुभयो । यो औषधिको कुनै पनि साइडइफेक्ट नरहेको उहाँले बताउनुभयो ।

प्रकाशित : २२ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६