स्वास्थ्य

कोभिड–१९ विरुद्धको सम्भावित खोपले तीन वर्षसम्म भाइरसबाट सुरक्षित राख्ने दाबी



काठमाडौँ २३ भदौ । आपत्तकालिन योजना अन्तरगत हजारौँ चिनियाँ नागरिकलाई कोभिड–१९ विरुद्धका दुई प्रयोगात्मक खोप दिइएकोमा हालसम्म कसैलाई पनि संक्रमण नदेखिएको राज्यको स्वामित्वमा रहेको खोप निर्माता कम्पनीका एक शीर्ष अधिकारीले जानकारी दिएका छन् ।चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) का कमिसन फर डिसिप्लीनरी इन्सपेक्सनका सेक्रेटरी झोउ सोङले कम्पनीले निर्माण गरेका कोभिड–१९ विरुद्धको दुई सम्भावित खोपले मानिसहरुलाई तीन वर्षसम्म भाइरसबाट सुरक्षित राख्ने दाबी गरे ।चिनियाँ राष्ट्रिय रेडियोसँग सोमबार कुराकानी गर्दै कम्पनीले उत्पादन गरेका खोपहरु आपत्कालिन योजना अन्तरगत प्रयोग गरिएको बताउँदै उनले भने, ‘हजारौँलाई यो खोप दिइएकोमा कसैमा नकारात्मक प्रभाव वा संक्रमण भएको पाइएको छैन ।’

        सुरक्षा र प्रभावकारिता निर्क्यौल गर्नका लागि सीएनबीजीका दुई खोप अझै तेस्रो चरणको परीक्षणमा रहेको छ । यूएई, बहराइन, पेरु, मोरोक्को, अर्जेन्टिना र जोर्डनमा यसको परीक्षण भइरहेको छ ।चीनमा गत जुलाईको अन्तिममा आपत्कालिन योजना शुरु गरिएको थियो जसमा उच्च जोखिममा रहेका समूह जस्तै स्वास्थ्यकर्मी, कुटनीतिक नियोगका अधिकारीलगायतलाई खोप दिने अनुमति दिइएको थियो ।यसमा देशबाहिर काम गर्ने हजारौँ चिनियाँ सामेल रहेको र उनीहरुमा हालसम्म संक्रमण नदेखिनुले यस खोपको प्रभावकारिता पुष्टि भएको बताए ।हाल विश्वभर ८ वटा खोप तेस्रो चरणको परीक्षणमा रहेका छन् । यसमध्ये चारवटा चिनियाँ कम्पनीद्वारा निर्मित खोप रहेका छन् । तीनवटा चिनियाँ खोप – दुईवटा सीएनबीजी र एउटा सिनोभाकले बनाएको – लाई सर्वसाधारणमा आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको छ भने चौथोलाई सेनामाथि प्रयोगका लागि अनुमति छ । सिनोभाकको खोप हाल ब्राजिल र इन्डोनेसियामा प्रयोग भइरहेको छ ।

       मिडिया रिपोर्टका अनुसार चिनियाँको नागरिक उड्डयन प्राधिकरणले आफ्ना एयरलाइनका कर्मचारीलाई यी खोप लिनका लागि अनुरोध गरेको छ ।सोमबार झोउले खोपले छोटो समयका लागि मात्र सुरक्षा दिनसक्ने आरोपलाई पनि खण्डन गरे । उक्त खोपलाई सुरुमा सीएनबीजीको माउ कम्पनी चाइना नेसनल फर्मास्युटिकल ग्रुप (सिनोफार्म) का १८० कर्मचारीमा गरिएको थियो । झोउले उनीहरुमा अझै पनि उच्च तहको एन्टीबडी पाइएको बताउँदै भने, ‘प्रतिरोधी क्षमता कम्तिमा एकदेखि तीन वर्ष कायम रहनेछ ।’यो खोप लगाएपछि वार्षिकरुपमा लिइने अन्य फ्लूको खोप पनि लगाउन नपर्ने उनले बताए । उनले यो खोप कोरोनाभाइरसका हालसम्म पत्ता लागेका सबै म्युटेसनका लागि प्रभावकारी रहेको जिकिर गरे ।सीएनबीजीले बेइजिङ र वुहानमा खोप निर्माण गर्ने उद्योग सञ्चालन गरेको छ । यसले वार्षिक २२ करोड खोप उत्पादन गर्न सक्छ भने थप फ्याक्ट्री निर्माण गरेपछि यो संख्या ८० करोड पुग्ने बताइएको छ ।

प्रकाशित : २३ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६