स्वास्थ्य

कोरोनाबाट सुरक्षाकर्मी संक्रमित, सुरक्षा व्यवस्थामै असर पर्ने चिन्ता



काठमाडौं २४ भदौ । नेपाल प्रहरीका २ हजार ३१७ जना जवान र अधिकृतहरु कोभिड–१९  संक्रमित भएका छन् ।उपत्यकामा सुरक्षा इकाइको कमाण्ड गरिरहेका दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित करिब ८ सय प्रहरी संक्रमित छन् । यसले सुरक्षा व्यवस्थामै चुनौति पुर्‍याउन सक्ने आकलन गर्न थालिएको छ । हाल संक्रमित प्रहरी कमाण्डरले आइसोलेसनबाटै पनि काम गरिरहेका छन् ।उपत्यकाका एक युनिटका कमाण्डरले आइसोलेसनबाटै मातहतका प्रहरीलाई निर्देशन दिने गरेको बताए । ब्यारेकमै आइसोलेसनमा बसेका उनले सेटबाटै शान्ति, सुरक्षाको मोनिटरिङ गर्छन् भने फोनबाट अपरेशनमा खटाउँछन् ।

     कार्यालयका झण्डै आधा जनशक्ति संक्रमित भएपछि नजिकै रहेका प्रहरी कार्यालयले पनि उनलाई सहयोग गरिरहेको छ ।जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका तत्कालीन प्रमुख एसपी विमलराज कँडेलले पनि संक्रमित हुँदा आइसोलेसनबाटै जिल्लाको कमाण्ड गरे । तर, संक्रमण दर बढ्दै जाँदा फिल्डमा खटिने प्रहरीकै अभाव हुनु चुनौतिपूर्ण रहेको अधिकृतहरु बताउँछन् ।हालसम्म नेपाली सेनामा पनि ७ सय ४३ जना र सशस्त्र प्रहरी बलमा ८ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।प्रहरी महानिरीक्षकको सचिवालयका एक अधिकृतका अनुसार संक्रमण दर बढेसँगै सर्वसाधारणमा भय पैदा नहोस् भनेर संक्रमणबाट निको भइसकेका व्यक्तिको संख्या सकेसम्म सार्वजनिक नगर्ने नीति लिइएको छ

अनलाईन खबर

प्रकाशित : २४ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६