स्वास्थ्य

विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख बढि



काठमाण्डौ २४ भदौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ लाख नाघेको छ । गएको २४ घण्टामा चार हजार दुई सय सात जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९ लाख सात सय ६३ जना पुगेको हो । गएको २४ घण्टामा दुई लाख ३४ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ७७ लाख १५ हजार भन्दा धेरै भएको छ ।सङ्क्रमितमध्ये एक करोड ९८ लाख दुई हजार भन्दा धेरै निको भएका छन् भने अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । गएको २४ घण्टामा भारतमा मात्रै ८९ हजार आठ सय ५२ जना नयाँ सङ्क्रमित थपिएका र एक हजार एक सय सात जनाको ज्यान गएको वल्डोमिटरले जनाएरको छ ।अमेरिका, ब्राजिल, रसिया लगायतका देशमा दैनिक सङ्क्रमण र ज्यान जानेको संख्या घट्दै गए पनि भारतमा भने केही दिनदेखी उच्च संख्यामा बिरामी थपिएका छन् ।

प्रकाशित : २४ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६