स्वास्थ्य

तत्काल निषेधाज्ञा खोल्न हुदैँन : स्वास्थ्य मन्त्रालय



काठमाडौं, २४ भदौं । लामो समयको लकडाउन र लगतैको लामो निषेधाज्ञाका कारण उपत्यकामा नागरिकको जनजीवन कष्टप्रद बन्दै गइरहेका बेला स्वास्थ्य मन्त्रालयले भने तत्काल निषेधाज्ञा खोल्न नहुने बताएको छ ।उपत्यकामा जारी निषेधाज्ञा आज (बुधबार) राति सकिंदै गरेको र नागरिक तहबाट निषेधाज्ञा तत्काल खुलाउनु पर्ने माग बढिरहेका बेला स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको दर अझै घटिनसकेको भन्दै थप एक साता निषेधाज्ञा लम्ब्याउने स्थानीय प्रशासनलाई सुझाव दिएको छ ।काठमाडौँ उपत्यकाका मेयरहरुले निषेधाज्ञा थप कडा बनाउनु पर्ने, नाकामा सेना परिचालन गर्नुपर्ने काठमाडौं उपत्यकाका तीन जिल्ला, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई सुझाव दिइरहेका बेला स्वास्थ्य मन्त्रालय पनि जनप्रतिनिधिकै पक्षमा देखिएको छ ।

              मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकामा अहिले पनि जोखिम नघटेको भन्दै जारी निषेधाज्ञालाई कम्तिमा एक साता निरन्तरता दिनुपर्ने बताएका छन् ।दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्डअनुसार चल्नुपर्ने उनले बताएका छन् । उनले भने, ‘उपत्यकामा अहिले यी दुवै मापदण्ड नाघेको छ, त्यसैले अहिले निषेधाज्ञा खोल्नु हुन्न भन्ने हो, तर यस सम्वन्धी निर्णय हामीले होइन, गृह मन्त्रालय अन्तर्गतको स्थानीय प्रशासनले गर्नेछ ।

              ’मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) प्रमुख डा. गुणराज लोहनीले पनि जनस्वास्थ्यको हिसावले निषेधाज्ञालाई निरन्तरता दिनु पर्ने बताएका छन् ।उनका अनुसार अहिले पूर्ण रुपमा लकडाउन खोलिदिँदा अस्पताल र चिकित्सकहरुलाई संक्रमित व्यवस्थापन गर्न गाह्रो पर्न सक्छ । उनले भने, ‘अहिले लकडाउन खोल्यो भने संक्रमण झन् बढ्दै जान्छ, अस्पतालमा ठाउँको पनि समस्या हुनसक्छ । त्यसैले पनि एक साता कडा रुपमा निषेधाज्ञा गर्नु नै उचित हुन्छ ।

          ’उपत्यका नगरपालिका फोरमले सीमाबाट प्रवेश गर्ने नाकामा कडाइ गर्ने र जनजीवन खुकुलो बनाउन पर्ने बताएको छ । उसले यसअघि जस्तै निजी सवारी साधनलाई जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न सुझाव दिएको छ ।तर कतिपय विज्ञहरुले भने निषेधाज्ञा मात्रै समाधान नभएको भन्दै विकल्प खोजेर अघि बढ्न सुझाव दिएका छन् । उनीहरुले जारी निषेधाज्ञालाई खुकुलो बनाइ जनजीवनलाई सामान्य बनाउन समेत अनुरोध गरेका छन् । तीन सातादेखि जारी निषेधाज्ञाका कारण मजदूर वर्गको जनजीवन कष्टप्रद बनिरहेको छ ।

प्रकाशित : २४ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६