स्वास्थ्य

६ सय ४९ वटा पालिकामा कोरोना विशेष अस्पताल बनाउन १० लाख पठाईयो



काठमाण्डौ २४ भदौ । सरकारले प्रत्येक पालिकामा कम्तिमा पाँच शैयाको कोरोना विशेष अस्पताल बनाउन १० लाख रुपैयाँका दरले रकम पठाएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ सय ४९ वटा पालिकामा १० लाख रुपैयाँका दरले रकम पठाइसकेकाले छिटो भन्दा छिटो अस्पताल सञ्चालनको व्यवस्था मिलाउन सबै पालिकालाई पत्राचार गरेको छ ।

         सरकारले प्रतिबेड दुई लाख रुपैयाँका दरले प्रत्येक पालिकालाई तीन महिनाको लागि १० लाख रुपैयाँ पठाएको छ । यो रकममध्ये बेड, स्ट्यान्ट र लकरसहितका उपकरणको लागि पाँच लाख, एक जना डाक्टर, दुई जना नर्स र एकजना सहयोगीको लागि चार लाख ५० हजार रुपैयाँ र औषधिमा ५० हजार रुपैयाँ खर्च गर्नुपर्नेछ ।कार्यप्रगतिका आधारमा तीन महिनापछि अस्पताललाई निरन्तरता दिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अस्पताल सञ्चालनको लागि मन्त्रालयले सबै पालिकामा मार्गदर्शन पनि पठाएको छ ।


प्रकाशित : २४ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६