पर्यटन

फ्रन्टलाइनर सुरक्षाकर्मी प्रति सांसद,यूवा-माहुरीको ध्यान



कपिलवस्तु २४ भदौ  प्रदेश न ५ का प्रदेश सभा सदस्य विष्णु पन्थीद्धारा नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन युवा संघ नेपाललाई स्वास्थ्य सामाग्री  हस्तान्तरण गरिएको छ । जिल्लाको चन्द्रौटामा युवा संघका जिल्ला सह संयोजक कृष्ण कार्कीलाई जिल्लाको पश्चिमी क्षेत्रमा रहेर फन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,संचारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान गर्न जिम्मा दिइएको छ । कोरोना संक्रमणबाट बच्न सुरक्षात्मक सामग्री मास्क, सेनिटाइजर, हातधुने साबुन बितरण गरेको प्रदेश सभा सदस्य पन्थीले बताउनुभयो ।

    जिल्लाका सबै स्थानहरुमा अभियानको रुपमा हिडेको भन्दै कोरोना नियन्त्रणको लागि नागरिकनै सचेत हुनुपर्ने बताउनुभयो ।सांसद पन्थीको सहयोगमा जिल्लाको पुवी क्षेत्रमा रहेका स्वास्थ्य सस्था तथा प्रहरी कार्यालयहरुमा सामाग्री बितरण गरिसेकेको युवा संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गोपालमणि ज्ञावलीले बताउनुभयो । शिवराज नगरपालिका र बिजयनगर गाउँपालिका क्षेत्रमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गर्ने युवा संघका जिल्ला सह संयोजक कृष्ण कार्कीले बताउनुभयो ।

     प्रदेश सभा सदस्य विष्णु पन्थी,युवा संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गोपाल ज्ञावली,सह संयोजक कृष्ण कार्की, नेकपा शिवराजका सचिव जगत पौडेल,नेकपा बिजयनगरका ईन्चार्ज अर्जुन सापकोटा,टुकलाल गैरे, नेकपा युवा नेता सरोज पौडल,विद्यार्थी नेता शशिल खत्री, ,कविराज अधिकारी लगाएतको सहभागीता रहेको थियो ।

    यता पछिल्लो समय कपिलबस्तुका सुरक्षाकर्मीमा कोरोना  संक्रमिण देखिदै गर्दा विभिन्न सामाजिक संस्थाले  प्रहरीका लागी स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन थालेका छन । प्रदेश ५ का बिभिन्न जिल्लाका प्रहरी युनिटमा अग्रपंतीमा खटिने प्रहरीका लागी स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । डिएफआईडीको सहयोगमा मधेस मानव अधिकार गृह (माहुरी होम) ले सञ्चालन गरेको सहज परियोजनाको कार्य क्षेत्र अन्र्तगतका ७ जिल्लाका २२ पालिकाका प्रहरी युनिटलाई केन्द्रित गरि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराईएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको परिसरमा माहुरी होमका प्रतिनिधीले करिब ५३ हजार मुल्य बढिको स्वास्थ्य सुरक्षा सामाग्रीहरु प्रहरी उपरिक्षक नवराज अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

     हस्तान्तरण गरिएका सामाग्रीमा पिपीई सेट, स्यानेटाईजर, हेण्ड वास, थर्मल गन, ग्लोब्स र माक्स लगायतका सामाग्री थिए । नागरिकको शान्ति सुरक्षाका लागी अग्रपंतीमा खटिने प्रहरीको स्वास्थ्य सुरक्षाको प्रत्याभुती गर्न सहयोग पुग्ने प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनु भयो ।  परियोजना अन्र्तगत प्रदेश प्रहरी कार्यालय सगै कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, दागं, प्यूठान, रोल्पा र बाँके जिल्लाका जिल्ला  प्रहरी कार्यालय देखी प्रहरी चौकी सम्मका ४८ प्रहरी युनिटमा करिब १० लाख ५० हजार मुल्य बढिका स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको माहुरी होमका अध्यक्ष रवि ठाकुरले बताउनु भयो । 

प्रकाशित : २४ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६