स्वास्थ्य

कारागारका ५९ जना कैदी बन्दीमा कोरोना भाइरस संक्रमण



सिरहा, २५ भदौं । सिरहा सदरमुकाम स्थित जिल्ला कारागारका ५९ जना कैदी बन्दीमा एकैपल्ट कोरोना भाइरस संक्रमण देखिएको छ ।केही दिनअघि पुर्पक्षका लागि ल्याइएका ७ जना थुनुवामा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा अन्यको जाँच गराउँदा ५९ जनामा संक्रमण देखापरेको कारागारका निमित्त प्रमुख बबिता महतोले जानकारी दिइन् ।

        ‘नयाँ आएका सात जना थुनुवालाई छुट्टै ठाउँमा राखेका थियौं । तर, उनीहरुलाई ज्वरो आएपछि जाँच गराउँदा पोजेटिभ देखिएको थियो,’ महतोले भनिन्, ‘उनीहरुमा पोजेटिभ देखिएपछि अन्यको पनि परीक्षण गराएका थियौं ।’ महतोले पहिला देखिएका ७ जना संक्रमितको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको जानकारी दिइन् ।महतोले प्रत्येक वर्ष भदौ महिनामा कैदी बन्दीमा भाइरल ज्वरो देखापरेको बताउँदै यस पटक पनि देखिँदा कोरोनाको आशंकामा परीक्षण गराइएको बताइन् ।

यसअघि रिहा गरिएको थियो २१ कैदी बन्दी

यसअघि सिरहा कारागारका २१ कैदी बन्दीलाई कोरोना भाइरस संक्रमण सर्ने भन्दै रिहा गरिएको थियो । गत चैतको दोस्रो साता जिल्ला अदालतको आदेशमा एक वर्षभन्दा कम समयको कैद सजाय पाएका उनीहरुलाई रिहा गरिएको थियो ।सिरहा कारागारको १५० जना कैदी बन्दी राख्ने क्षमता छ । तर, अहिले कारागारमा ५९६ जना कैदी बन्दीलाई राखिएको छ । यसमध्ये १८ जना महिला र २ जना आश्रित बालबालिका रहेको कारागार प्रमुख महतोले बताइन् ।

प्रकाशित : २५ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६