स्वास्थ्य

४ प्रदेशका केही ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने



काठमाण्डौ २८ भदौँ । आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित पानी परेको छ ।मनसुनी वायुको  प्रभावका कारण पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँकाअनुसार आज दिउँसो पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।राति भने देशभर आंशिकदेखि सामान्य बदली भएर केही ठाउँमा भारी र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

            मनसुनी वायुको प्रभाव रहिरहने हुनाले भोलि र पर्सि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना भएकाले ती ठाउँका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित : २८ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६