स्वास्थ्य

कोरोनालाई निस्क्रिय बनाउने उपचारविधि पत्ता लाग्यो



ऐजेन्सी ३० भदौँ । युनिभर्सिटी अफ पिटर्सवर्ग स्कुल अफ मेडिसिनका वैज्ञानिकहरुले  कोरोनालाई निस्क्रिय बनाउने उपचारविधि पत्ता लगाएका छन् । उनीहरुले सार्स–कोभ २ भाइरस निष्क्रिय बनाउने निकै सानो बायोलोजिकल कण विश्वविद्यालयमा आइसोलेटेड गरेका छन् । यो एन्टीबडीको तत्त्व पूर्ण आकारको एन्टीबडीभन्दा १० गुणा सानो छ र एबी ८ नाम औषधि बनाउन यसको प्रयोग गरिएको छ । वैज्ञानिकहरुले सेल नामक जर्नलमा प्रकाशित गरेको रिपोर्टमार्फत यो जानकारी बाहिर आएको हो ।

            सार्स–कोभ–२ को सम्भावित रोकथामका लागि यो औषधिलाई महत्त्वका साथ हेरिएको छ । रिपोर्टमा उल्लेख भएअनुसार परीक्षणका दौरान मुसा र ह्याम्स्टर्समा सार्स–कोभ २ रोकथाम र उपचारका लागि यो औषधि निकै प्रभावकारी देखियो । रिपोर्टका अनुसार यो औषधि मानव शरीरमा नरहने भएकाले यसको नकारात्मक असर पनि पर्नेछैन । 

              ‘एबी ८ कोभिड १९ को उपचारका लागि मात्रै होइन मानिसहरुलाई सार्स–कोभ २ बाट संक्रमण गराउन पनि काम लाग्नेछ,’ सहलेखक जोन मेल्लोर्सले भनेका छन्,‘ ठूलो आकारका एन्टीबडीहरुले अन्य संक्रामक रोगका लागि काम गरेका छन् र त्यसलाई सहन पनि सकिएको पनि छ, जसले हामीलाई यो आशा दिएको छ कि यो औषधि कोभिड–१९ बिरामीहरुका लागि प्रभाकारी हुनसक्छ ।

               त्यस्तै कहिल्यै संक्रमित नभएका र यसविरुद्ध प्रतिरोधी नरहेका मानिसहरुको रक्षार्थ पनि यो महत्त्वपूर्ण हुनसक्छ ।’रिपोर्टमा उल्लेख भएअनुसार युनिभर्सिटी अफ टेक्सास मेडिकल ब्रान्च सेन्टर फर बायो डिफेन्स एन्ड इमर्जिङ डिजिजेस र गालभेस्टन नेशनल ल्याबोरेटरीको टोलीले एबी ८ को परीक्षण गर्दा यस औषधीले सेल्समा भाइरस प्रवेश गर्न रोकेको पाइयो । एबी ८ बाट उपचार गराएका मुसाहरुमा उपचार नगरेका मुसाहरुको दाँजोमा १० गुणा कम संक्रामक भाइरस पाइयो । 

प्रकाशित : ३० भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६