स्वास्थ्य

कोरोना सङ्क्रमित कैदीबन्दीको मृत्यु



बाँके ५ भदौँ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–४ सहारेका ५८ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पतालको आइसोलेशनमा उपचारका क्रममा आज बिहान ६ः२५ बजे उहाँको मृत्यु भएको छ ।कर्तव्य ज्यान मुद्दामा बाँके कारागारमा कैदीबन्दीको सजाय काटिरहेका ती पुरुषलाई भदौ २२ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा रहेको आइसोलेशनमा भर्ना गरिएको थियो ।

            अस्पतालमा उहाँको स्वाब परीक्षण गर्दा  कोरोना पोजेटिभ देखिएको थियो ।पुरानो दम र श्वासप्रश्वास समस्याबाट पीडित ती व्यक्तिलाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दासमेत स्वास्थ्य अवस्थामा सुधार नआइ मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठको भनाइ छ । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । अन्य जिल्ला घर भई बाँकेस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या चार रहेको अस्पतालले जनाएको छ । 

प्रकाशित : ५ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६