स्वास्थ्य

चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिए



काठमाण्डौ ८ असोज । रसुवागढी नाकाबाट स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक  स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् ।आयात भएका ती सामग्रीको भन्सार जाँच गर्ने कामसमेत सकेर दुई वटै ट्रक गन्तव्यतर्फ पठाइएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । झण्डै एक महिनादेखि बन्द उत्तरको केरुङ नाका हिजोदेखि सञ्चालनमा आएको हो । चिनियाँ पक्षले अनुमति दिएपछि स्वास्थ्य सामग्री मितेरी पुलमा आइपुगेका थिए ।केरुङका गोदाममा राखिएका अरु सामान भने विगतकै अनुपातमा पठाउने तयारी छ ।

       अन्य सामग्री आयातका लागि सीमा क्षेत्रका चिनियाँ अधिकारीसँग समन्वय भइरहेको र भोलिसम्ममा पाँच ट्रक विविध सामग्री रसुवागढी आइपुग्ने जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभएको छ ।अहिलेकै परिमाणमा आयात हुने हो भने केरुङमा रहेका सामान नेपाल भित्रिन झण्डै ६ महिना लाग्ने व्यवसायीले बताउँदै आएका छन् । व्यवसायीको आग्रहअनुसार नेपाली पक्षले सामान आयातको परिमाण बढाउन प्रस्ताव गरेको छ ।प्रस्तावअनुसार सामान पठाउने हो भने राख्न ठाउँ पुग्छ या पुग्दैन भनेर चिनियाँ पक्षले रसुवागढी नाकाको भन्सार यार्ड पनि अवलोकन गरेका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

प्रकाशित : ८ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६