स्वास्थ्य

कोरोनाभ्याक सन् २०२१ मा तयार हुने चिनियाँ कम्पनीको दाबि



काठमाण्डौ ९ असोज । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोना भाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्त राज्य अमेरिकासहित विश्वका विभिन्न देशमा वितरण गरिने जनाएको छ । सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्त राज्य अमेरिकामा कोरोनाभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) समक्ष आवेदन दिइने बताउनुभयो ।

          यीनले आफूले व्यक्तिगत रुपमा पनि कोरोनाभ्याक लगाइसकेको जानकारी दिनुभयो ।सुरुमा हाम्रो रणनीति चीन र वुहानका लागि डिजाइन गरिएको थियो तर जुन र जुलाईमा हामीले हाम्रो रणनीतिमा परिमार्जन गर्‍यौँ । हामीले यो भ्याक्सिन विश्वमै आवश्यक भइसकेको बुझ्यौँ, यीनले भन्नुभयो । उहाँले चिनियाँ शहरमा भाइरस पहिलो पटक देखा परेको पनि स्पष्ट गर्नुभयो ।हाम्रो लक्ष्य अमेरिका, युरोपेली सङ्घ र अन्य देशलगायत विश्वलाई खोप प्रदान गर्नु हो ,यीनले भन्नुभयो । अमेरिका, युरोपेली युनियन, जापान र अस्ट्रेलियाका कडा नियमहरूका कारण विगतदेखि नै चिनियाँ खोपहरू बिक्री हुन सकेका छैनन् । तर यीन वेडोङ्को भनाइमा यस पटक चिनियाँ खोपले विश्वास जित्नेछ । 

      चीनमा सरकारी स्वामित्वको समेत चार वटा कम्पनीले कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेका छन्, जसमा सिनोभ्याक पनि एउटा हो । सरकारी स्वामित्वको सिनोफार्मले दुई किसिमका खोपमाथि परीक्षण गरिरहेको छ भने सैनिक स्वामित्वको क्यानसिनोले पनि खोप निर्माण गरिरहेको छ । यीनले भन्नुभयो, कोरोनाभ्याक खोपको परीक्षणमा ब्राजिल, टर्की र इण्डोनेसियाका २४ हजार व्यक्ति सहभागी छन् । यसबाहेक बङ्गलादेश र सम्भवतः चिलीमा पनि यस खोपको परीक्षण गरिनेछ । सिनोभ्याकले धेरै सङ्क्रमित भएका, ठूलो जनसङ्ख्या रहेका तथा अनुसन्धान र विकासको क्षमता सीमित रहेका देशहरुबाट छनौट गरेको जनाएको छ । उहाँ बेइजिङको दक्षिणमा रहेको सिनोभ्याक प्लान्टको भ्रमणका क्रममा पत्रकारहरूसँग बोल्दै हुनुहुन्थ्यो । यो प्लान्टमा एक वर्षमा पाँच लाख खोप उत्पादन हुन सक्दछ ।

      जैव–सुरक्षित सुविधासहितको यस प्लान्टमा खोपको डोज साना बोतलमा भर्ने र तिनीहरूलाई बाकसमा राख्ने काम जारी थियो । कम्पनीले आउँदो वर्ष सन् २०२१ को फेब्रुअरी वा मार्चसम्ममा एक करोडसम्म खोप उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ । सिनोभ्याकले जोखिममा रहेका बच्चा र वृद्धवृद्धाका लागि कोरोनाभ्याकको सानो खुराक पनि परीक्षण गर्न थालेको छ ।यीनले कम्पनीले कोरोनाभ्याकको मानव परीक्षण चलाउने देशहरूमा पहिलो चरणमा खोप वितरण गर्ने बताउनुभयो । 

        खोपको स्वीकृत मापदण्ड बमोजिम कोरोनाभ्याक खोपको अझै तेस्रो चरणको क्लिनिकल परीक्षण सम्पन्न नभए पनि सिनोभ्याकले चीनमा हजारौँ मानिसलाई आपत्कालीन प्रयोग प्रावधान अन्तर्गत सम्मिलित गरिसकेको छ ।यीनले आफूसहित अनुसन्धाताहरुले एक महिनाअघि प्रायोगिक खोप लिइसकेको बताउनुभयो । मानव परीक्षणको पहिलो र दोस्रो चरणमा कुनै गम्भीर प्रतिकूल प्रभाव देखाएनन्ु, उहाँले भन्नुभयो ।यो हाम्रो कम्पनीको परम्परा होु, यीनले भन्नुभयो । आफूले हेपाटाइटिस खोप विकासको क्रममा यस्तै गरेको पनि जानकारी दिनुभयो । यस वर्षको सुरुमा चीनले जोखिमयुक्त जनसङ्ख्याका लागि खोप लगाउन अनुमति दिएको थियो, जसमा एक हजारभन्दा बढी स्वास्थ्यकर्मी र सीमा रक्षकहरु सामेल थिए ।

       सिनोभ्याकले सिनोफर्म र क्यानसिनोसँगै गएको जुनमा अनुमति प्राप्त गरेको थियो । बेइजिङ महानगरलाई दशौँ हजार कोरोनाभ्याकको डोज उपलब्ध गराइएको पनि यीनले बताउनुभयो ।सिनोभ्याकमा कार्यरत ९० प्रतिशतभन्दा बढी कर्मचारीलाई कोरोनाभ्याक दिइएको कम्पनीले जनाएको छ । हामी विश्वस्त छौँ कि कोभिड–१९ भ्याक्सिनसम्बन्धी हाम्रो अनुसन्धानले अमेरिका र युरोपेली देशका मापदण्ड पूरा गर्न सक्षम हुनेछु, यीन वेडोङ्ले बताउनुभयो ।  

प्रकाशित : ९ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६