पर्यटन

जमिन भासिने क्रम बढेपछि ४० परिवार विस्तापित



अर्घाखाँची  १० असोज ।  अर्घाखाँचीको शितगंगा १२ मैदान जोख्लेगैरामा जमिन भासिएर पहिरोका कारण ४० घरपरिबार भन्दा बढि बिस्तापित भएका छन् ।  करिव ७ सय रोपनी भन्दा बढि जमिन भासिएपछी करिव २ सय ६५ जना भन्दा बढि घर परिवार बिचल्लीमा परेका हुन् । घर गोठ भासिएपछी उनिहरू लाई सुरक्षित स्थानमा सारिएको छ । सुक्रबार राति त्हाँका १४ भन्दा बढि घरपरिबारलाई कोठिया मैदान र अन्य २६ बढि घर परिबारलाई कुडापानी र रजिया गौरामाबिमा सुरक्षित स्थानमा राखिएको छ ।

        शुक्रबार बिहान ११ बजे देखि जमिन भासिन थालेपछी ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरिक्षक बाबुराम बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोली , रामबाण गुल्म ठाडाबाट खटिएका नेपाली सेनाको टोली , संचारकर्मी र सयौ स्थानिय बासिन्दाले उद्दार गरि वस्तीलाई अन्यत्र स्थानमा सारिएको हो । दिउसोको समयमा जमिन भासिएपछी मानिसहरू भागेर ज्यान बचाउन सफल भएका थिए ।  

    आज बिहानै बाट अलपत्र परेका घरपरिवारलाई गाँस बाँस र कपासको व्यवस्थापन गर्न स्थानिय प्रशासन खटिएको जनाईएको छ । यस्तै शितगंगा ११ ढुङगेसेराका ५ घर पहिरोले पुरेको छ । घर पुरेपछी यहाँका स्थानिय बासिन्दा अन्यत्र सुरक्षित स्थानमा सारिएको छ । अन्य ३० घर भन्दा बढि पहिरोको उच्च जोखिममा परेका छन् ।

प्रकाशित : १० आश्विन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६