ब्रेकिंग न्युज

हावावाट कोरोना सर्दैन : स्वास्थ्य समिति



काठमाडौं, १२असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिले नेपालमा हावाबाट कोरोनाको संक्रमण नसर्ने बताएको छ ।हावाबाट संक्रमण सर्छ भन्दै नेपालका विभिन्न अनलाइन मिडियामा आएका समाचारप्रति सत्यता नभएको प्रष्ट पार्दै समितिले दुई मिटरभन्दा टाढाको दूरी मेन्टेन गर्दा कोरोना संक्रमण नसर्ने स्पष्ट पारेको छ ।समितिका संयोजक डा .संजीव सापकोटाले भने, ‘दुई मिटर (६ फिट) सम्मको दूरीमा एक अर्काका कोरोना भाइरस सर्दैन ।

    कोनोना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भावना निकै कम हुन्छ ।’स्वास्थ्य समितिले कोरोना संक्रमणको जोखिम उच्च रहेको जानकारी दिँदै बाहिर निस्कने समय मास्क लगाउन (फेस कभर) गर्न पनि आग्रह गरेको छ ।कोरोनाका कारण विश्वव्यापी लकडाउनपछि आत्महत्यामा भएको वृद्धिप्रति पनि चिन्ता व्यक्त गर्दै आफ्नो परिवारभित्र एकले अर्कोलाई प्रशस्त समय दिन पनि समितिले सुझाव दिएको छ ।

प्रकाशित : १२ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६