स्वास्थ्य

कोरोनाबाट विश्वभर २ करोड ४६ लाखभन्दा धेरै निको



असोज १२, काठमाण्डौ – विश्वभर कोरोना भाइरसको सङ्क्रमणपछि दुई करोड ४६ लाख ३९ हजारभन्दा धेरै निको भएका छन् ।  कोरोनाबारे अपडेट दिँदै आएको वर्ल्डोमिटरका अनुसार अहिलेसम्म तीन करोड ३३ लाख ११ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा विश्वभर दश लाख दुई हजार चार सय जनाको सङ्क्रमणबाट ज्यान गएको छ । 

कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका रहेको छ । अमेरिकामा ७३ लाख २१ हजार तीन सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा दुई लाख नौ हजार चार सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै ४५ लाख ६० हजार चार सयभन्दा धेरै निको भएका छन् । 

अमेरिकापछि सबैभन्दा धेरै प्रभावित देश भारत हो । त्यहाँ अहिलेसम्म ६० लाख ७४ हजार सात सयभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा ९५ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये ५० लाख १६ हजार पाँच सयभन्दा धेरै निको भएका छन् । ब्राजिलमा अहिलेसम्म ४७ लाख ३२ हजार तीन सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख ४१ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ ।

त्यस्तै ४० लाख ६० हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । रुसमा ११ लाख ५१ हजार चार सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २० हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै नौ लाख ४३ हजार दुई सयभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् ।  वर्ल्डो​मिटरका अनुसार अहिलेसम्म विश्वका दुई सय १३ देश र त्यसका क्षेत्रका साथै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोनाको सङ्क्रमण देखिएको छ ।  

प्रकाशित : १२ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६