पर्यटन

पिकनिक खान र सेल्फी खिच्नको लागी चिटिक्क ‘राम लक्ष्मण ताल’ ।



जाने होइन त राम लक्ष्मण ताल ।

कपिलवस्तु मङ्सिर ७ ।

कपिलवस्तुको
चुरे वन क्षेत्रमा अवस्थित रहेको छ ‘ राम लक्ष्मण ताल ’ । बुद्धभुमी
नगरपालिकाको वडा नंं. ३ रनगाइमा रहेको उक्त ताल आन्तरिक पर्यटनको
दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको छ । उत्तर तर्फ वन क्षेत्र र चुरे
पहाडको हरियाली सँगै रहेको ताल निकै मनमोहक देखिन्छ । तालको बिचमा राम
लक्ष्मणको मन्दिर समेत रहेको छ । 

तराई क्षेत्रमा पिकनिक खान, रमाइलो
मनाउन, सेल्फी फोटो खिच्नको लागी नयाँ गन्तव्य खोज्नेका लागी खोज्नेका लागी
नयाँ गन्तव्य मध्ये राम लक्ष्मण ताल एक हो । बुद्धभुमी नगरपालिकाको वडा
नं. ४  हनुमानको मूर्ति रहेको चोकबाट उत्तर तर्फ ८ कि मी यात्रा गरे पछि
राम ताल पुग्न सकिन्छ । केही कालो पत्रे सडक र केही ग्राभेल सडकबाट सजिलै
ताल सम्म पुग्न सकिन्छ ।
 

तालको छेउछाउमा वनभोज खानका लागी ट्रस्ट
निमार्ण गरिएको छ । खाना पकाउनका लागी आवश्यक भाडा समेत उपलब्ध रहेको छ ।
वडाको पहलमा सौन्दर्यीकरण गर्न योजना रहेको वडा अध्यक्ष गोविन्द प्रसाद
आचार्यले बताए । तालको विकासको लागी लुम्बिनी प्रदेशबाट १० लाख रकम
विनियोजन भएको छ । उक्त रकमले डुङ्गा खरिद गर्ने र फूलबारीको विकास गर्ने
लक्ष्य राखेको तालको स्वामित्व रहेको राम लक्ष्मण सामुदायिक वनका
कोषाध्यक्ष जयराम थारुले बताए । सरकारको थप सहयोग भएमा सौन्दर्यीकरण गरी
पर्यटनको विकास हुन सक्ने देखिन्छ ।

 

प्रकाशित : ८ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६