अर्थ-वाणिज्य

प्रदेशको अनुदानमा क्याम्पस बस शुरु,प्रदेशका काम जनमुखी बन्दै :सांसद केसी



कपिलवस्तु२६ मंसिर ।कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श बहुमुखी क्याम्पसमा बस सेवा सुरु गरिएको छ । लम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको रु २५ लाखको लागतमा ३७ सिट क्षमता भएको बस संचालन गरिएको हो । क्याम्पसमा अध्यानरत विद्यार्थीलाई सहज होस भन्ने उद्देश्यले बस संचानलमा ल्याइएको क्याम्पस संचालक समितिका अध्यक्ष लंक हमालले बताउनुभयो । बस संचालन भएपछि विद्यार्थीहरुको संख्य बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


        बिहिवार बसको उद्धघाटन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले क्याम्पसको संरचना भन्दा शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने बताउनुभयो । कम विद्यार्थीहरु भएका क्याम्पसलाई बन्द गर्ने तथा मर्ज गर्ने सरकारको तयारी रहेकोले कसरी विद्यार्थीहरुको संख्या बढाउने भन्ने विषयमा केन्द्रिय हुनुपर्ने बताउनुभयो । बर्षेनी प्रदेश सरकार र स्थानिय सरकारले क्याम्पसका लागि बजेट बिनियोजन गरेको बताउँदै संरचनाहरु बनेकोले अब गुणस्तरमय ध्यान दिन आग्रह गर्नुभयो ।
      क्याम्पसका संस्थापक अध्यक्ष तथा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले यस क्षेत्रका विद्यार्थीहरु उच्च शिक्षा पढन बाहिर जानुपर्ने बाध्यता अब हटेको बताउनुभयो । शिवराज नगरपालिका,बिजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाका विद्यार्थीहरुलाई समेटन सकेमय क्याम्पस संचालन गर्न कठिनाई नहुने जिकिर गर्नुभयो । शिवराज नगरपालिकाको लागतमा रु १० लाखमा क्याम्पस परिसरमा ब्लक बिछ्याएको र व्याडमिन्टन कार्ट निर्माण गरेको नगरप्रमुख अधिकारीले बताउनुभयो । शिवराज नगरउपप्रमुख शिवकुमारी थारु,पुर्व क्याम्पस प्रमुख नवराज पाण्डेय,भवनराज पौडेलले क्याम्पसको सफलताको कामना गरेका थिए ।

प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६