कपिलवस्तु ३० मंसिर । कपिलवस्तु उद्योग बाणिज्य संघ जीतपुरले यहि माघको २३ मा अधिशबेशन गर्ने भएको छ । यो संगै अवको उद्योगी ब्यावसयीको नेतृत्व कसले गर्ला ? भन्ने चर्चा शुरु भएको छ । यस अघिको अबिधेशनमा भएको आम सहमतिका अनुसार यसपाली पनि सहमतिवाटै नेतृत्व छनौट हुन सक्ने वताउनु हुन्छ उद्योग बाणिज्य संघका उपाध्यक्ष रुक वहादुर भुसाल ।
अध्यक्ष उमानाथ पौडेल पनि सहमति हुनेमा आशावादी हुनुहुन्छ । आफू सर्बसहमत रुपमा अध्यक्ष भएकाले यसपाली पनि त्यसरी नै टुंगाउन उच्चतम पहल गर्ने स्पष्ट पार्नु भयो । यसअघि नै कसैलाई अध्यक्ष बनाउने भनेर पेश्कि सहमति छैन भन्दै उहाले भन्नु भयो चर्चामा रहेका मध्येवाटै नेतृत्व छनौट हुन्छ । यसपाली अध्यक्षका सबै भन्दा शक्तिशाली दावेदार पूर्व बरिष्ट उपाध्यक्ष टोपनारायण बेल्वासेलाई मानिएको छ । उहा पहिले अध्यक्ष उम्मेदवार बन्दा झिनो मतले पराजित भएको र गत अबिधेशनमा सहमति हुदा छाड्नु परेकाले यसपाली बढी संभावित अध्यक्षको रुपमा उहा रहनु भएको वताइन्छ ।
उद्योगी ब्यवासायीको छाता सस्थामा सर्बसहमत नेतृत्व छनौट हुन नसकेमा दलिय आधारमा प्रतिस्पर्धा हुने गर्छ । सो आधारमा हेर्दा बेल्वासे नेकपा समर्थित रहेकाले कांग्रेस समर्थित उद्योगी ब्यवासयीले पनि नेतृत्वमा फरक प्रस्ताव ल्याउने स्थितीमा दुनिका भुसाल वा डोलकराम घिमिरे मध्ये एकलाई अघि सार्ने भरपर्दाै श्रोतको दाविछ । यता नेकपा समर्थित उद्योगी ब्यवसायी बृत्तमा भने यसपालीलाई टोपनारायण निर्विकल्प रुपमा प्रस्ताव गर्ने तयारी पुरा भएको वताइन्छ ।
प्रतिक्रिया