कोशी

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधी प्रदेश १लाई,लुम्विनी सेमिफाइनल मै सिमित



दाङ १९ पुस । साविक विजेता तथा विभागी टोली एपिएफलाई हराउँदै प्रदेश नम्बर एक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । लमहीको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमन आइतबार भएको  फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफलाई ६ रनले हराउँदै प्रदेश एक पहिलो पटक च्याम्पियन बनेको हो। विजेता प्रदेश १ ले पाँच लाख र उप विजेता एपिएफले तीन लाख रुपैयाँ प्राप्त गरेका छन्। जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले २० ओभरमा ७ रन बनाउँदै ९९ रन बनाउन सक्यो। अन्तिम ओभरमा एपिएफलाई जितको लागि १३ रन चाहिँएको थियो।

    स्पिनर संगिता राईले २ विकेट लिँदै ६ रन खर्चेपछि प्रदेश एक च्याम्पियन बन्न सफल भएको थियो।अन्तिम ओभरको पहिलो बलमा ममता चौधरीलाई २ रन दिएकी थिइन्। दोस्रो बलमा ममता चौधरी दुई रन लिनेक्रममा रन आउट भएपछि खेल थप रोमान्चक बनेको थियो। तेस्रोबलमा सीता रानामगरले दुई रन लिँदा चौथो बल डट राखेकी थिइन्। पाँचौ बलमा सीता स्टम्पिङ आउट भएपछि नतिजा प्रदेश १ को पक्षमा गएको थियो। अन्तिम बलमा संगिताले एक रन दिँदै खेल जिताइन्।

    एक समय ६-५ ओभरमा ३२–५ को कमजोर अवस्थामा रहेको एपिएफलाई छैटौं विकेटका लागि करुणा भण्डारी र ममता चौधरीले ६४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्याएका थिए। ममता ४७ बलमा ३४ रनमा रन आउट भइन्। करुणा ३६ बलमा १ चौका सहित २६ रनमा अविजित रहिन् । एपिएफलाई जितको लागि अन्तिम १२ बलमा १७ रन चाहिएको थियो । सबनम राईले १९ औं ओभरमा ३ रन खर्चेपछि खेल रोमान्चक बनेको थियो।

कप्तान रुविना क्षेत्री बेलबासेले दोस्रो ओभरको चौथो बलमा ओपनर राजमती ऐरीलाई शून्यमा बोल्ड आउट गरेकी थिइन्। कप्तान सीता घाइते भएपछि राजमती ओपनरका रुपमा आएकी थिइन्। चौथो ओभरको पाँचौ बलमा रुविनाले इन्दु बर्मालाई ७ रनमा बोल्ड आउट गरेपछि खेलमा प्रदेश एक हाबी बनेको थियो।

    छैटौं ओभरमा युवा स्पिनर अलिसा खदियाले दुई महत्वपूर्ण सफलता दिलाएपछि एपिएफको जित कठिन बनेको थियो  पहिलो बलमै सरिता मगरलाई ६ रनमा एलबिडब्लू आउट गरिन्। अन्तिम बलमा ज्योती पान्डेलाई १४ रनमा एलबिडब्लू आउट गरेपछि एपिएफ पहिलो पावर प्लेमै २९–४ को कमजोर अवस्थामा पुगेको थियो।सातौं ओभरको पाँचौं बलमा सोनु खड्कालाई रोमा थापाले १ रनमा रन आउट गराएपछि एपिएफ संकटमा परेको थियो। एलिसा खदियाले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन्। कप्तान रुविनाले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन्। संगिता राईको नाममा एक विकेट रह्यो। 

    त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो। प्रदेश १ की ओपनर अप्सरी बेगमले ४५ बलमा ५ चौका सहित सर्वाधिक ३४ रनको योगदान दिइन्। विकेट किपर काजल श्रेष्ठ २६ बलमा ३ चौका सहित २९ र संगिता २ रनमा अविजित रहिन्।

    ओेपनर अप्सरी र कप्तान रुविना क्षेत्री बेलबासेले पहिलो विकेटका लागि १२।४ ओभरमा ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएकी थिए। एपिएफकी कप्तान सीता राना मगरको बलमा अघि बढेर सट खेल्ने धुनमा बिट भएपछि विकेटकिपर ज्योती पान्डेले रुविनालाई १८ रनमा स्टम्पिङ आउट गरेकी थिइन्। रुविनाले ३२ बल खेल्दा बाउन्ड्री भने प्रहार गर्न सकिनन् । एक बलपछि अप्सरीले फाइन लेगमा सट खेल्न खोजेपनि एज लागेर सिल्ली मिड अनमा सोनु खड्काबाट क्याच आउट हुन पुगेकी थिइन्।

    १७ औं ओभरको तेस्रो बलमा सीताले रोमा थापालाई ३ रनमा एलबिडब्लू आउट गरिन्। १९ औं ओभरको चौथो बलमा करुणा भण्डारीले निसा शाहलाई ५ रनमा बोल्ड आउट गरिन्। सीता राना मगरले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन्। करुणा भण्डारीको नाममा १ विकेट रह्यो।  यता लुम्विनी प्रदेश भने सेमिफाइनलवाट माथि  जान सकेन । 

प्रकाशित : १९ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६