अर्थ-वाणिज्य

बालविवाह अस्वीकार गरेर उच्च शिक्षा पढ्ने छात्रालाई साइकल उपहार



तौलिहवा १० माघ ।बालविवाह अस्वीकार गरेर उच्च शिक्षा पढ्ने छात्रालाई साइकल उपहार दिएको छ बालिका शिक्षालाई प्रोत्साहन गर्न कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले बिद्यालय पढदै गरेका २५ बालिकालाई साईकल उपहार दिएको छ । वडा कार्यालयको आयोजनामा सामुदायिक बिद्यालयमा उच्च शिक्षा अध्ययनरत २५ जना गरिब, दलित, जेहेन्दार र मुस्लिम छात्रालाई साईकल बितरण गरिएको हो । २५ छात्रालाई उच्च शिक्षामा टेवा पुर्याउने उद्धेश्यका साथ वडा अध्यक्ष रामभजन कलवार, कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह र उपप्रमुख लक्ष्मी गुप्ता लगायतले बालिकालाई साईकल हस्तान्तरण गर्नु भएको थियो । वडा कार्यालयको आयोजनामा छात्रा शिक्षालाई प्रबद्र्धनका लागी साईकल हस्तान्तरण गरिदा खुसी लागेको साईकल पाएका छात्राहरुको भनाई छ ।

बालिका र छात्रालाई शिक्षाको निरन्तरतामा सहयोग पुर्याई बालबिवाह जस्ता कार्य रोक्न सहयोग पुर्याउने उद्धेश्यले साईकल बितरण गरिएको वडा अध्यक्ष रामभजन कलावारको भनाई छ । मधेसी समुदायमा अझै पनि बालिकालाई बिद्यालय नपठाउने र बिचमै बिद्यालय छोड्न लगाउने प्रबृत्ति लाई रोक्न र बालिका शिक्षालाई प्रोत्साहन गर्न साईकल बितरण कार्यक्रमले सहयोग पुर्याउने वहाँको भनाई छ ।

प्रकाशित : १० माघ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६