अर्थ-वाणिज्य

हिंसा न्यूनीकरणकालागि बृहत्त सचेतीकरणमा कानुन मन्त्रालय



कपिलवस्तु १३ माघ सामाजिक कुरीति घरेलु हिंसा र आत्महत्या न्यूनिकरणका लागि सचेतना कार्यक्रम कपिलवस्तुमा शुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना र सञ्चारिका समूह लुम्बिनीको समन्वयमा कार्यक्रम शुरु भएको हो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रिना नेपालले घरेलु हिंसा र लैगिंक हिसा गर्नेहरुका लागि कानुन बनेपनि कार्यान्वयनको पाटो फितलो रहेको बताउनुभयो । पछिल्ला दिनमा बालिका देखी बृद्धबृद्धा नै हिंसाको जोखिममा रहेको भन्दै कडा कानुन आउनुपर्ने र बनेका कानुनलाई पनि प्रभाबकारी ढंगले कार्यान्वयन गर्नुपर्ने तर्क राख्नुभयो । 


   कार्यक्रममा आआफ्नो धारणा राख्दै मायादेबी गाउँपालिकाका उपाध्यक्ष गिता तिवारी , नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई ,उद्योग बाणिंज्य महासंघ कपिलवस्तुका अध्यक्ष उमानाथ पौडेल, ,पत्रकार महासंघ कपिलवस्तुका सचिब  हरि अधिकारीले बोल्दै समाजमा घटने सामाजिक कुरीति घरेलु हिंसा र आत्महत्या न्यूनिकरणका लागि बिभिन्न संघ सस्थाहरु संग समन्वय गर्दै काम गरिरहेको बताउनुभयो । 

    स्थानिय तहमा बिभिन्न हिंसामा परेकाहरुले उजुरी लिएर आउनेहरुको संख्या बढेपनि आफूहरु संग न्यायिक समितिमा कानुनी सल्लाहकार संगै श्रोत साधनहरुको कमिका कारण न्याय निरुपणमा समस्या आएको मायादेबी गाउँपालिका उपाध्यक्ष तिवारीले बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष एबम सचेतना उद्घाटन कार्यक्रमका अध्यक्ष पार्बती पाण्डेले यस्ता घटनाहरुलाई न्यूनिकरण गर्न संगै पिडितलाई न्याय दिलाउन सञ्चारकर्मीको भूमिका पनि रहने बताउदै यस्ता घटना बिरुद्ध कलम चलाउन आग्रह गर्नुभयो । 

   सचेतना कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत अमिता खनालले घरेलु हिंसा ,लैगिंक हिंसा घटनाहरुका लागि कानुनमा भएका ब्यवस्था , ऐन , दफा र कपिलवस्तु जिल्लाका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले सामाजिक कुरुती घरेलु हिंसा र आत्महत्या दुरुत्साहन न्यूनिकरणमा सुरक्षा निकायको भूमिका तथा सेवा बारेमा प्रशिक्षण दिनुभएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन सहजकर्ता बिद्या घिमिरेको स्वागत मन्तब्यमा भएको कार्यक्रमको सञ्चालन एबम सहजीकरण सञ्चारिका समूह लुम्बिनीका महासचिब अमृता अनमोलले गर्नुभएको थियो । सचेतना कार्यक्रम २ दिन सम्म चल्ने छ ।

प्रकाशित : १३ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६