अन्तर्राष्ट्रिय

डब्ल्यूएचओ टोलीको क्वरेण्टीन अवधि पूरा , ‘फिल्ड’ जाँच सुरु



,काठमाण्डौ १५ माघ । चीनको वुहान पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टोलीले क्वरेण्टीन अवधि पूरा गरेको छ । क्वरेण्टीन अवधि पूरा गरेसँगै डब्ल्यूएचओको टोलीले कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’ जाँच गर्न सुरु गर्नेछ । डब्ल्यूएचओको वैज्ञानिकको टोलीले कोरोनाको प्रारम्भिक प्रकोपसँग जोडिएका अनुसन्धान संस्था, अस्पताल र सी–फुड बजारमा रहेका व्यक्तिसँग अन्तर्वार्ता लिनेछ । अनुसन्धानका क्रममा यो टोलीले चिनियाँ अधिकारीहरुले दिएको प्रमाणलाई आधार मान्नेछ ।१४ सदस्यीय डब्ल्यूएचओको टोली गएको जनवरी १४ मा वुहान पुगेको थियो । यो टोली दुई हप्ता क्वरेण्टीनमा बसेको हो ।

क्वरेण्टीनमा रहँदा यो टोलीले चिनियाँ वैज्ञानिकहरुसँग भर्चुअल रुपमा कुराकानी गरेको थियो ।बिहीवार यो टोली होटलबाट बाहिर निस्किएर बसमार्फत अनुसन्धान गर्ने ठाउँतर्फ लागेको बताइएको छ । ‘नयाँ चरण, नयाँ प्राथमिकता’, नेदरल्याण्डका भाइरोलजिस्ट मेरिएन कोपमान्सले ट्वीट गरेकी छिन् ।यसअघि आफ्ना अनुसन्धानकर्ताहरुलाई चीन प्रवेशमा रोक लगाइएको डब्ल्यूएओले जनाएको थियो । पछि चीनले त्यसो हुनुमा राम्रोसँग सम्पर्क हुन नसकेको जनाएको थियो ।  सन् २०१९ को अन्त्यतिर वुहानमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण भेटिएको थियो ।  

प्रकाशित : १५ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६