अन्तर्राष्ट्रिय

भारतद्धारा छिमेकी देशलाई कोरोना भाइरसविरुद्धको ५५ लाख डोज खोप सहयोग



काठमाण्डौ १६ माघ । भारतले आफ्ना छिमेकी देशहरुलाई अहिलेसम्म कोरोना भाइरसविरुद्धको ५५ लाख डोज खोप सहयोग गरेको छ ।एक करोड खोप अफ्रिकी देशहरुलाई दिने योजना रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ । त्यसैगरी दश लाख खोप संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीलाई दिन लागिएको पनि मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।ओमन, तथा क्यारेबियाका १५ देश, निकारागुवा, अफ्रिकी प्रशान्त राष्ट्रहरू र आइसल्याण्डलगायतका देशलाई पनि कोरोनाविरुद्धको खोप सहयोग गर्ने भारतको योजना रहेको भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवको भनाइ छ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको लडाइँमा भारतले धेरै देशहरुलाई साथ दिन चाहेको घोषणा गर्नु भएको छ । उहाँले अन्तर्राष्ट्रिय सहकार्यमा पनि जोड दिनुभएको छ । तर पहिलो जिम्मेवारी भने छिमेकीहरुप्रति हुने प्रधानमन्त्री मोदीको भनाइ छ । 

प्रकाशित : १६ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६