काठमाण्डौ १६ माघ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को युरोपेली शाखाले बिहीबार युरोपमा भाइरस नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध कम गर्न अझै निकै हतार हुने बताएको छ ।डब्ल्यूएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगले भजे, ‘डब्ल्यूएचओ युरोपेली क्षेत्रका ५३ देशमध्ये ३० देशमा गएको १४ दिनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा उल्लेखनीय ह्रास आएको तर अझै पनि यहाँको सङ्क्रमण दर धेरै रहेको छ ।
’ उनले भने, ‘कोभिड–१९ सङ्क्रमण दर युरोपभरि अझै उच्च छ जसका कारण युरोपेली देशहरूको स्वास्थ्य प्रणालीलाई महामारीले प्रभावित पार्न सक्छ र सेवाहरूलाई तनावपूर्ण बनाउन सक्छ । त्यसैले सङ्क्रमणका नियन्त्रणका लागि लगाइएका प्रतिबन्धलाई सहज बनाइहाल्नु गलत हुन सक्छ ।’ यो क्षेत्रको मात्रै तीन प्रतिशत जनसङ्ख्यामा यस पहिले सङ्क्रमण पुष्टि भइसकेको छ । महामारीका कारण यसअघि नराम्रोसँग प्रभावित भएका क्षेत्रहरूमा सङ्क्रमण फेरि फैलिनसक्ने जोखिम कायम रहने उनले बताए । डब्ल्यूएचओका अनुसार युरोपेली क्षेत्रमा रुस र धेरै मध्य–एसियाली देशहरू रहेका छन् । यस क्षेत्रका ३५ राज्यले खोप अभियान सुरु गरेका छन् ।
प्रतिक्रिया