ब्रेकिंग न्युज

कपिलवस्तुमा तिनवटा खोप केन्द्र थप , जिल्लाका यी अस्पतालबाट खोप लगाउन सकिने



कपिलवस्तु १६ माघ ।  कपिलवस्तुमा कोरोना खोप (कोभिडशिल्ड) लगाउन तिनवटा खोप केन्द्र थप भएका छन् । कपिलवस्तु जिल्लामा जिल्ला अस्पतालले मात्रै खोप केन्द्रको अनुमति पाएको थिो ।  अहिले थप ३ पालिकाका स्वास्थ्य संस्थाले पनि खोप केन्द्रको अनुमति पाएका छन्  । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेका  अनुसार थप भएका खोप केन्द्रहरुमा पिपरा अस्पताल (बाणगंगा), शिवराज अस्पताल (कृष्णनगर) र शिवराज आधारभूत अस्पताल (शिवराज) नगरपालिका रहेका छन् । अब ती अस्पतालका स्वास्थ्यकर्मीलाई आवश्यक प्राविधिक ज्ञान तथा प्रशिक्षण दिएपछि त्यहाँबाट नै कोरोना खोप लगाउन सकिने छ  ।सुरुमा फ्रन्टलाइनमा रहेर काम गर्ने जिल्लाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शवबाहन तथा एम्बुलेन्स चालक आदिलाई पहिलो चरणमा पहिलो डोज दिइने छ ।  

प्रकाशित : १६ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६