अन्तर्राष्ट्रिय

चीनले नेपाललाई कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने



काठमाण्डौ १९ माघ । चीनले नेपाललाई कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।खोप अनुदानमा दिने र चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ दूतावासले जनाएको छ ।  चीनले उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो । यो खोप करिब ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी रहेकोे चिनियाँ दूतावासले जनाएको छ ।विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको चिनियाँ खोपले अन्य देशहरुबाट पनि मान्यता पाएको छ । 

प्रकाशित : १९ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६