कपिलवस्तु २० माघ ।लुम्बिनी प्रदेश कै प्रमुख गन्तब्य जगदीशपुर तालमा ‘ पानी र सिमसार जीवनको अभिन्न आधार’ भन्ने नाराका साथ भब्यरुपमा २५ औ सीमसार दिवस मनाईएको छ । यो संगै आठौचरा महोत्सवको समेत शुभारम्भ भएकोछ । जसका कारण कोरोना पछिको सिथिल माहोल तात्न पुगेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९र १० को वडा कार्यालय र वन डिभिजन कार्यालय कपिलवस्सतुको सहकार्यमा २५ औं बिश्व सिमसार दिबसको अवसरामा‘ जगदीशपुर जलासय ब्यस्थापन बहुसरोकार मञ्चको आयोजनामा आठौ चरा महोत्सव, थारु नृत्य हाफ म्याराथुन दौड रक्तदान ब्याडमिन्टन प्रतियोगीता र बिद्यालयस्तीय निबन्ध प्रतियोगीता गरिएको थियो ।
सो अवसरमा लुम्बिनी प्रदेशका सदस्य बिष्णु पन्थीले जगदीशपुर ताल प्रदेश नम्बर ५कै प्रमुख पर्यटकीय स्थल रहेको बताउनु भयो । उहाँले लुम्बिनीसंग जोडर जगदीशपुर तालको विकास गर्नु पर्ने बताउनु भयो । ‘ ताल संरक्षणको जिम्मा यहीका सरोकारवालाले गर्नु पर्छ यसको विकास गर्ने जिम्मा प्रदेश सरकारको हो ’ उहाँले भन्नु भयो । सांसद पन्थीले तालको विकासले जनजिवीका फेरिने बताउदै तालको महत्व र संरक्षणमा स्थानिय सक्रिय हुनु पर्ने जनाउनु भयो । कार्यक्रममा पुर्व मन्त्री दिपकुमार उपाध्याले प्राकृतिक बिविधताले भरिएको जगदशीपुर तालको संरक्षण र विकास गर्नु पर्ने बताउनु भयो ।
स्थानीयको सहभागीतामा ताललाई सुन्दरीकरण गरी आयआर्जन तर्फ उन्मुख गराउनु पर्ने उहाँको धारणा थियो । सो अवसरमा एशिया कै सबै भन्दा ठुलो कृत्रिम तालको विकासमा सबैको साझा प्रयास आवश्यक रहेको प्रजिअ दीर्घनारायण पौडेलले बताउनु भयो । आफुले पनि तालको विकास सरंरक्षका लागि प्रयास गर्ने उहाँले जनाउनु भयो । प्रजिअ पौडेलले तालको ठोस विकास गरी पर्यटकीय लाभ लिनु पर्ने बताउनु भयो । बुद्धस्थल तिलौराकोट, निगालीकोट, लम्बुसागर लगायतका स्थलसंग जोडने गरी यस क्षेत्रको विकास गनुृ पर्ने जनाउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका स्थानिय नेता देबेन्द्र पोख्रेलले तालको संरक्षण र विकासमा आफुहरुले सहयोग पुर्याउने प्रतिवद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा तालको प्रचारप्रसार र प्रबद्र्धन विकासमा योगदान दिएको भन्दै संचारकर्मी पार्वती पाण्डे र खग प्रसाद चापागाईलाई दोसल्ला कदर पत्र र नगदले सम्मानित गरिएको थियो । दिवसका अवसरमा थारु समुदायहरुले लाठी झुमरा नाँच लगायतका कला प्रस्तुत गरेका थिए । ताल बरिपरि गरिएको महिला र पुरुषको दौड प्रतियोगिताले थप आकर्षण थपेको थियो । ब्याडमिन्टनमा राजन पोख्रेल र दिलीप बन्जाडे प्रथम तथा बिजय खनाल र सुबास पासवान द्धितीय भए । यस्तै पुरुष हाफ म्याराथनमा अजय पाण्डेय प्रथम, गिरिलाल कोहार द्धितीय, श्रवण केवट तृतीय र रोहित केवट सान्त्वना भएका थिए ।
महिला हाफ म्याराथनमा मनिषा केसी प्रथम, मिना ज्ञवाली द्धितीय र आरती थारु तृतीय भए । प्रतियोगीतामा बिजयी खेलाडीलाई पुरस्कृत गरिएको थियो । मंचका अध्यक्ष ललित गुरुङको अध्यक्षता र सचिव सुन्दर पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवाली , डिभिजन वन कार्यालय कपिलस्तुका प्रमुख ईश्वरी पौडेल लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।
प्रतिक्रिया