अन्तर्राष्ट्रिय

चीनद्धारा पूर्वी लद्दाखमा भारतसँगको सीमा क्षेत्रमा बनाएको हेलिप्याड नष्ट



काठमाण्डौ ४ फागुन । चीनले पूर्वी लद्दाखमा भारतसँगको सीमा क्षेत्रमा बनाएको हेलिप्याड नष्ट गरेको छ ।गएको वर्ष भारत र चीनबीच तनाव बढेका बेला चीनले बनाएको हेलिप्याड चीनले नै नष्ट गरेको बीबीसी हिन्दीले जनाएको छ । चीनले पेङ्गोङ्ग झरनाको उत्तरी किनारमा हेलीप्याड र अरु संरचना बनाउनुको साथै अस्थायी किल्ला पनि तयार गरेको थियो ।चीन र भारतबीच भएको सीमा विवाद समाधानको सहमति भएपछि चीनले सीमा क्षेत्रका संरचना नष्ट गर्न थालेको बीबीसीको खबरमा उल्लेख छ । गएको बुधवार भारत र चीनबीच सीमामा सैनिक उपस्थिति घटाउन प्रकृया सुरू गर्ने सहमति भएको थियो ।सहमतिपछि दुवै देशका सैनिक पुरानै ठाउँमा फर्कन थालेका हुन् । 

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६