अन्तर्राष्ट्रिय

माल्दिभ्स सरकारले घरघरमा पुगेर कोरोना विरुद्धको खोप दिने



काठमाण्डौ ५ फागुन । माल्दिभ्स सरकारले घरघरमा पुगेर कोरोना विरुद्धको खोप दिने भएको छ । कोरोना महामारी प्रभावित क्षेत्र तथा घरभन्दा टाढा पुगेर सेवा लिन नसक्ने ज्येष्ठ नागरिकलाई केन्द्रित गरेर खोप उपलब्ध गराउने माल्दिभ्सको शहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रले जनाएको छ ।लक्षित समुदायलाई मोबाइल खोप सेवा उपलब्ध गराउन लागिएको माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए), माल्दिभ्स रेड क्रेसेन्ट तथा धमना वेसी शहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रले पुष्टि गरेका छन् । सरकारको अभियानलाई सफल पार्न र खोप लगाउन नागरिकलाई आवश्यक जानकारी दिन पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ ।खोप लगाएपछि हुने सम्भावित समस्यालाई ध्यानमा राखेर एम्बुलेन्समार्फत आकस्मिक सेवा समेत दिने गरी तयारी गरिएको खबरमा उल्लेख छ । माल्दिभ्समा फेब्रुअरी १ देखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सुरु भएको हो । माल्दिभ्समा अहिलेसम्म प्राथमिकतामा परेका ४३ हजार ८ सय १७ जनाले खोप लगाएका छन् । खोप लगाएका धेरैजसो राजधानी माले तथा अन्य सहरी क्षेत्रका रहेका छन्

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६