कपिलवस्तु ७ फाल्गुण । सामना शक्ति विकासका लागि सदभावपूर्ण सहकार्यमा सहकारीहरुले जोड दिनु पर्नेमा कार्यशालाका सहभागीहरुको जोड रहेको छ । सहभागीहरुले मर्यादित श्रम र पर्यटनका लागि सहकारीको भूमिका प्रति पनि जोड दिएका छन् । एक्सेस तेस्रो ब्याज पश्चिम अन्तरगर्तका लुम्बिनी तथा गण्डकी प्रदेशका १२ सहकारीहरुको कार्यकूशलता तथा सिकाई ब्यवस्थापन कार्यशालाका सहभागिहरुले जोड दिएका हुन ।
कार्यशालाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सहकारी संघका सदस्य तेज प्रसाद आचार्यले शुसासनका माध्यमबाट सहकारी मैत्र वातावरण श्रृजना गर्नुपर्नेमा जोड दिनु भयो । सिनर्जी सहकारीका पूर्व अध्यक्ष अर्जुन प्रसाद खरेलले सदस्यलाई उद्यमशिलतामा जोडदै सहकारीलाई उत्पादनमूखी बनाउनु पर्नेमा जोड दिनु भयो । त्यस्तै सिनर्जी सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले सहकारीलाई मापदण्डहरुलाई आफैबाट ब्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।
सहकारीहरुको क्षमता विकासमा विशेष योगदान पु¥याउदै आएको नेफ्स्कूनका वरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपानेको सहजीकरणमा सम्पन्न कार्यशालामा एशियाली मापदण्डलाई आत्मसाथ गर्दै अगाडी बढेका एक्सेस मापदण्डका ८६ सूचाकंका आधारमा १२ वटा संस्थाका प्रतिनिधीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनमा कोभिड १९ का चुनौतीका बीचमा पनि समुदायमा सहकारीहरुले महत्वपूर्ण योगदान पु¥याएको विषयवस्तुलाई महत्वका साथ उठान गरिएको थियो ।
आयोजक संस्था सिनर्जी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष लक्ष्मण बेल्बासेको अध्यक्षता र सचिव कृष्ण पाण्डेको संचालनमा जितपुरमा सम्पन्न कार्यशालामा गोर्खा, स्याङजा,गुल्मी, रुपन्देही, नवलपरासी, चितवन, कपिलवस्तु लगायतका जिल्लाबाट चार दर्जन बढी सहकारी अभियानकर्मीको उपस्थिती रहेको सिनर्जी सहकारीका ब्यवस्थापक दिनामणी खनालले बताउनु भयो ।
प्रतिक्रिया