कपिलवस्तु ७ फागुन । कपिलवस्तुको विजयनगर गाउँपालिकामा जनतासँग अदालत सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अदालतका न्यायधीश विष्णु सुबेदीले न्याय र न्यायिक प्रक्रियाका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सहभागी भएका जनताबाट आएको विभिन्न जिज्ञासा र प्रश्नहरुको बारेमा सुबेदीले प्रष्ट्याउनु भएको थियो । कार्यक्रममा सहभागीहरुले न्याय, कानुन र विभिन्न प्रकृतिका मुद्धाहरुमा कुन मुद्धा कहाँ लिएर जाने ? कुनकुन मुद्धाहरु अदालत, स्थानीय तह, प्रहरीमा लिएर जाने लगायतका प्रश्नहरु उठाएका थिए । सेवाग्राही न्यायका उपभोक्ता हुन भन्दै कर्मचारीले कस्तो व्यवहार गर्नुपर्ने सो विषयमा सुसूचित र प्रशिक्षित गर्नुपर्ने बनाउनुभयो ।
उहाँले उपभोक्ताको रुची अनुसार चल्नुपर्ने बताउनुभयो । कसरी उपभोक्तालाई सन्तुष्ट बनाउने, व्यवहार कसरी गर्ने विषयवस्तुलाई राख्दै उपभोक्ताले गर्दा हामी उपयोगकर्ता आकर्षित भएका छौँ । त्यसैले व्यवहारिक, हाँसी खुसी सेवा कसरी दिने रु न्याय एउटा मन्दिर हो, न्यायप्रति भावनालाई कसरी जागृत गराउने भन्ने कुरामा जोड दिनुभएको थियो ।सेवाग्राहीले कसरी छिटो छरितो, सहज, सस्तो र गुणस्तरीय सेवा दिनलाई जनतासँग अदालत कार्यक्रम प्रत्येक पालिकामा सञ्चालन गर्ने बताउनुभयो । उहाँले कानुन र न्याय दिलाउनेमा अन्तरक्रियाबाट आएका सुझाव सल्लाहलाई थप कार्यान्वयन गरी जनताको अदातल भन्ने कुरामा विश्वास दिलाउन अभियानकै रुपमा अगाडी बढेकोले यस कार्यमा प्रत्येक पालिकाले सहयोग र सहकार्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई समापन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले नजानेर, नबुझेर र डराएर सम्बन्धि निकायमा नजाने गरेको बताउँदै कतिपय अन्यायमा परेर बसेको बताउनुभयो । उहाँले न्यायका कुराहरुलाई मध्येनजर गर्दै गाउँपालिकामा सुशासनको पक्षमा विशेष जोड दिने बताउनुभयो ।सुशासनमा ध्यान दिए समृद्ध गाउँपालिका बनाउन सकिने बताउनुभयो । नजानेबुझेका, अन्यायमा परेका पिडितलाई न्याय कसरी दिलाउने, बाटो कसरी देखाउने कुरामा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा जिल्ला न्यायधीश, जवाहर प्रसाद सिंह, खिमानन्द भुसाल, बसन्तजङ्ग थापा, कृष्ण नेपाल, श्रेष्तेदार हिरण्य प्रसाद भण्डारी, तहसिलदार तोयनाथ उपाध्याय, विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया