सूचना र प्रविधि

चन्द्रौटामा आंखा उपचार केन्द्र संचालनमा



कपिलवस्तु १७ फागुन । कपिलवस्तुको चन्द्रौटामा आंखा उपचार केन्द्र संचालनमा आएको छ । चन्द्रौटाको संजवनी सामुदायिक अस्पताल अगाडी संजीवनी आई केयर एण्ड अप्टिकल नामको आखां उपचार केन्द्रको संचालनमा आएको हो । शिवराज नगरपालीकाका नगर प्रमुख नेत्रराज अधिकारीले रिवन काटेर आज उपचार केन्द्रको समुदघाटन गर्नुभएको छ ।उदघाटन कार्यक्रमलाई संवोधन गर्दै नगरप्रमुख अधिकारीले आखां उपचार केन्द्रको स्थापनाले चन्द्रौटामा एउटा विकासको खुडकिलो थपिएको वताउनुभएको छ ।

आखां जस्तो संवेदनशिल कुरा दक्ष प्राविधिक भएको आखां उपचार केन्द्रमा नै गर्नुपर्ने सुझाव दिनुभएको छ । मेयर अधिकारीले सामान्य मेडिकलहरुमा गएर अनुमानको भरमा आखांको औषधि प्रयोग नगर्न समेत आग्रह गर्नुभएको छ ।आखाको अप्रेशन वाहेकको सवै किशिमको समस्याको उपचार तथा परामर्श दिईने व्यवस्थापक तस्वीर गैरेले वताउनुभएको छ । अत्याधुनीक मेशिनको प्रयोग गरि सुक्षम ढंगले आखाको उपचार शेवा थालीएको गैरेले जानकारी दिनुभयो ।

कार्यक्रममा महाराजगंज नगरपालीकाका नगरप्रमुख अव्दुल कलाम , व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल , संजीवनी सामुदायिक अस्पतालका अध्यक्ष टोपलाल पोख्रेल , समाजशेवी नारायण पौडेल लगाएतका ब्यक्तिहरुले  व्यवसायिक सफलताको सुभकामना व्यतm गर्नुभएको थियो । कार्यक्रमको वरिष्ठ पत्रकार विष्णु भुसालले प्रकास पार्नुभएको थियो ।

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६