काठमाडौँ २० फागुन ।आज मुलुकका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोलि र पर्सी पहाडी भेगमा हल्का वर्षा हुन सक्ने उल्लेख छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
फागुन २० गते (बिहिबार)
दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागहरुको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।राति : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागहरुको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
फागुन २१ गते (शुक्रबार)
दिउँसो स् देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।राति : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागहरुको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
फागुन २२ गते (शनिबार)
दिउँसो : प्रदेश १ को पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागहरुको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।राति : सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागहरुको एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया