पर्यटन

कपिलवस्तुको शिवगढी मन्दिरको प्रवेशद्धारमा मेला लाग्ने



कपिलवस्तु २५ फागुन । शिवरात्रीको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका वडा ९ का रहेको शिवगढी मन्दिरको प्रवेशद्धारमा मेला लाग्ने भएको छ । मन्दिरको प्रवेशद्धार रहेको धानखोला र रमुवादहमा मेलाको तयारी गरिएको छ । शिवगढी मन्दिरको प्रचार प्रसारमा टेवा पुराउने उद्देश्यले मेला आयोजना गरिएको शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनेश पुनले बताउनुभयो ।विगतका वर्षहरुमा जस्तै विभिन्न क्लव स्तरीय प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । भक्तजनहरुलाई मध्यनजर गरी रुद्री, हवन,प्रसाद ग्रहग र भण्डारको समते व्यवस्था गरिएको पुनले बताउनुभयो ।

मेलामा राष्ट्रिय तथा स्थायिन कलाकारहरु समेत प्रस्तुती रहने भएकोले सहभागी मनोरन्जन लिन आग्रह गर्नुभयो । रमुवादह तथा धानखोला देखि भण्डै तीन घण्टाको उकालो चढेपछि पुगिने शिवगढी मन्दिरमा सुरक्षा व्यावस्था सगै पुजाआजाको राम्रो व्यवस्था भएको बताइएको छ ।भारतको उत्तरप्रदेश तथा बिजनगर,कृष्णनगरका स्थानियहरु रमुवादह हुदै मन्दिर जाने र दाङ,प्युठान,अर्घाखाची कपिलवस्तु लगाएतका स्थानियहरु धानखोला हुदै मन्दिर दर्शन गर्न जाने गर्दछन् । रमुवादहमा पनि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती राखिएको छ भने मेलाको तयारी अन्तिम चरणमा रहेको आयोजना शिवगढी पर्यटन सस्थाले जनाएको छ ।मेला दवै स्थानमा फागुन २५ गते देखि २७ गते सम्म हुनेछ

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६