गुल्मी २९ फागुन । पहिलो पटक आयोजना गरिएको मालिका प्याराग्लाइडिङ महोत्सव सकिएको छ। मालिका गाउँपालिकाले पर्यटन विकासमा टेवा पुराउने उदेश्यले दुई बजार व्यावस्थापन समितिसंग सहकार्य गरेर मालिका प्याराग्लाइडिङ महोत्सव आयोजना गरेको थियो। १५ दिनसम्म संचालन भएको महोत्सवमा ८६ उडान भएका छन्।
दिउँसोमा हावाको चाप बढि हुने भएकाले बिहान ८ बजेबाट करिव १२ बजेसम्म ६ उडानको व्यावस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए। यसवाट पहाडको पर्यटनमा प्याराग्लाइडिङ महत्वपूर्ण रहेको प्रमाणित भएको उहाले वताउनु भयो ।
उनले बजार र व्यावसायीलाई उत्साह थप्न गाउँपालिकाले पनि केहि प्रतिशत लगानी गरेको बताए। अर्खाबाङ र सिमलटारी बजार व्यावस्थापन समितिको संयुक्त आयोजनामा मालिका प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको थियो। दैनिक ६ भन्दा बढि उडानको स्विकृती नभएकाले अझै थप प्याराग्लाइडिङ गर्ने चाहाना पुरा गर्न नसकिएको अर्खाबाङ बजार व्यावस्थापन समिति अध्यक्ष बसन्त अर्यालले बताउनु भयो ।
उनले बजार र व्यावसायीलाई उत्साह थप्न गाउँपालिकाले पनि केहि प्रतिशत लगानी गरेको बताए। अर्खाबाङ र सिमलटारी बजार व्यावस्थापन समितिको संयुक्त आयोजनामा मालिका प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको थियो। दैनिक ६ भन्दा बढि उडानको स्विकृती नभएकाले अझै थप प्याराग्लाइडिङ गर्ने चाहाना पुरा गर्न नसकिएको अर्खाबाङ बजार व्यावस्थापन समिति अध्यक्ष बसन्त अर्यालले बताए।
प्रतिक्रिया