स्वास्थ्य

खोपको सुनिश्चितता हेरेर अर्को उमेर समूहकालाई खोप लगाउन सुरु गर्ने तयारी



काठमाण्डौ ६ चैत्र । चीनबाट ल्याउने भनिएको खोपको सुनिश्चिततालाई हेरेर अर्को उमेर समूहकालाई खोप लगाउन सुरु गर्ने तयारी भएको छ । चीनबाट आउने भनिएको खोप सुनिश्चित भयो भने केहीदिनमै फेरि खोप अभियान सुरु गरिने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले जानकारी दिनुभयो ।परराष्ट्र मन्त्रालयमार्फत् खोप जतिसक्दो छिटो ल्याउनेबारे छलफल भइरहेको र बेइजिङमा रोकिएको खोप भने अबको २\४ दिनभित्रै आइपुग्ने उहाँले बताउनुभयो ।

चीनले अनुदानमा दिएको खोप बेइजिङमा रोकिएको छ । बेइजिङबाट नेपाल आफैँले खोप ल्याउनु पर्ने भएकाले अहिले परराष्ट्र मन्त्रालयमार्फत समन्वयको काम भइरहेको उहाँले जानकारी दिनुभयो । नेपालमा अहिले ७ लाख डोज खोप मौज्दात छ । अहिलेसम्म नेपालमा झण्डै ६ प्रतिशत व्यक्तिले कोरोना खोप लगाएका छन् । अबको खोप अभियानमा ५५ वर्षभन्दा माथिकालाई खोप लगाउने कि ६० वर्षभन्दा माथिकालाई लगाउने भन्नेबारे छलफल भइरहेको उहाँको भनाइ छ ।

आउनुपर्ने खोप तत्काल नआउने अवस्थामा पनि दोस्रो डोज खोप लगाउनेहरुका लागि भने कुनै समस्या नरहने मन्त्रालयले दाबी गरेको छ । नेपालले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खोप खरिद गरे पनि १० लाख मात्रै भित्रिएको थियो। यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो । यस्तै, कोभ्याक्समार्फत् नेपालले अनुदानमा तीन लाख ४८ हजार डोज खोप पाएको थियो । कोभ्यासमार्फत् आउनु पर्ने थप खोपमा ढिलाइ र भारतसँग खरिद गरिएको खोप समयमा नआउँदा खोप अभियान तत्काललाई रोकिएको छ।स्वास्थ्य मन्त्रालयले भारतबाट आउन बाँकी १० लाख डोज खोप ल्याउनेबारे भारतसँग छलफल भइरहेको बताउँदै आएको छ ।

प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६