जीवनशैली

मन्त्रिपरिषद बैठक बस्दै:लुम्विनीका ३ सहित १० जिल्लामा निशेधाज्ञा जारी हुने



काठमाडौं,१३ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकको निष्कर्ष र नियमित कार्यसूचीमाथि छलफल हुने कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । आज बस्ने मन्त्रिपरिषद् बैठकले निषेधाज्ञासम्बन्धी निर्णय गर्ने बताइएको छ ।

आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रले पाँच सय सङ्क्रमित नाघेका जिल्लामा निषेधाज्ञाको विकल्प अघि सारेको थियो । त्यस्तै अहिले चलिरहेका सम्पूर्ण तहका परीक्षा तत्काल रोक्ने निचोडमा पुगेको थियो । कोभिड संकट व्यवस्थापन केन्द्रका सदस्य तथा परराष्ट्मन्त्री प्रदीप ज्ञवालीका अनुसार अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय पनि गरिएको थियो । मन्त्रिपरिषद् बैठकले यिनै विषयमा विस्तृतमा निर्णय गर्ने बताइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लासहित मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देहीमा पाँच सय सङ्क्रमित नाघेका छन् ।यो विवरणका अनुसार लुम्विनीका ३ जिल्लासहित उपत्याका समेत १० जिल्लामा निशेधाज्ञा जारी हुन सक्नेछ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले बाँकेमा सोमबार एक साता लडकाउनको घोषणा गरिसकेको छ ।

रुपन्देहीमा यातायातमा जोर विजोर प्रणाली लागु गरिसकेको छ । उपत्यकाको तीन जिल्लाका सीडीओ (प्रमुख जिल्ला अधिकारी)को संयुक्त बैठक पनि आजै बस्दैछ । सीसीएमसीको निष्कर्षअनुरूप निर्णय लिने बताइएको छ ।

प्रकाशित : १३ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६