स्वास्थ्य

ब्राजिलद्वारा कोरोनाविरुद्धको खोप बनाउन सुरु



वैशाख १६ ।

कोरोनाभाइरसको महामारीबाट अति प्रभावित देश ब्राजिलले कोरोनाभाइरस विरुद्धको खोप आफै बनाउन थालेको छ ।  साओ पाउलोमा रहेको बुतान्तान संस्थाले बुतानभ्याक नाम खोप बुधबारदेखि उत्पादन सुरु गरेको अधिकारीहरूले जनाएका छन् । ब्राजिलको सरकारद्वारा सञ्चालित सो संस्थाले पहिलो पटक कोरोनाभाइरस विरुद्धको खोप उत्पादन सुरु गरेको राज्य गर्भनर जोयो डोरियाले जानकारी दिए । संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गर्भनर डोरियाले खोप उत्पादनका लागि सवै लगानी सरकारले नै गरेको पनि स्पष्ट पारे । आगामी जुलाई मध्यसम्ममा पहिलो चरणमा एक करोड ८० लाख मात्रा खोप उत्पादन गर्ने विश्वास उनले गरे । सरकारी निकायले नै खोप उत्पादन गर्न सुरु गरिसकेको भएपनि ब्राजिलको स्वास्थ्य नियमक निकायले भने यसलाई प्रयोगका लागि अनुमति दिइसकेको छैन । बुतानभ्याक नामक कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न थालेको संस्थाले चिनियाँ खोप कोरोनाभ्याक भने यसअघि नै उत्पादन गर्दै आएको थियो । कोरोनाभ्याक गत जनवरी १७ देखि नै उत्पादन गरिँदै आएको हो । 

कोरोनाभाइरस विरुद्धको खोप अभियान अन्तर्गत नै ब्राजिलमा सो खोपको उत्पादन सुरु गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।  यस बर्षको अन्त्यसम्ममा बुतानभ्याक १० करोडदेखि १५ करोड मात्रा उत्पादन गर्ने उनले बताए । महामारीको प्रभाव र आवश्यकताको मर्मलाई ध्यान दिदै उत्पादन कार्य र त्यससँग सम्वन्धित प्रक्रियाहरु छिटो छिटो गराइएको पनि उनले जानकारी दिए । रासस÷एनआई

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६