स्वास्थ्य

नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको ज्यान गयो



काठमाण्डौ २० बैशाख । नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३७ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै सात हजार चार सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१६ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा सात हजार तीन सय ८८ र पाँच सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जना गरी सात हजार चार सय ४८ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख ४३ हजार चार सय १८ पुगेको छ ।यस्तै दुई हजार २१ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८६ हजार १५ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेको छ । आज देशभर ५४ हजार ४१ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । 

प्रकाशित : २० बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६