अर्थ-वाणिज्य

बाणगंगाले फोहोरवाट मोहर कमाउन भन्दै रोज्यो नमुना सामुदायिक बन



कपिलवस्तु १ असार । कपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिकामा बर्षौदेखि रहेको फोहोर ब्यवस्थापनको समस्या समाधान उन्मूख भएको छ । नगरपालिकाले वडा नः ९ मा डम्पीङ साइड निर्माणको अन्तीम तयारी गरी रहेको छ । नमुना सामुदायिक बन क्षेत्रभित्र डम्पीङ साइड बनाउने तयारी भएको बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले बताए । फोहोरबाट मोहोर बनाउने योजनालाई पनि अगाडी बढाइने बताउदै तत्काल बाकी प्रक्रिया पुरा गरेर फोहोर ब्यवस्थापन गर्ने तयारी भएको मेयर थारुले बताए ।

फोहार ब्यवस्थापनका लागी वडा नः ९ को पहलमा नमुना सामुदायिक बन क्षेत्रभित्र तोकीइएको र अन्य सबै ब्यवस्थापनका जिम्मा नगरपालिकाले गर्ने वडा नः ९ का वडा अध्यक्ष धुर्व बेल्बासेले बताए । फोहोर ब्यवस्थापनका अन्य सबै कामका लागी नगरपालिकाले तयारी गरि रहेको बताउदै यस कार्यले स्वच्छ नगर निमार्णमा टेवा पुग्ने बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताए ।

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६