अर्थ-वाणिज्य

एसपी र उपमेयरको नेतृत्वमा मास्क नलगाउनेलाई ठाँउका ठाँउ कारवाही



  कपिलवस्तु ६ असार ।कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीको नेतृत्वमा मास्क नलगाउनेलाई ठाउका ठाउ कारवाही गर्ने अभियान सदरमुकाम तौलिहवावाट शुरु भएको छ । जस अन्तर्गत कोरोनाका बेला जारी निषेधाज्ञामा समेत मास्क नलगाई बजार हिडडुल गर्ने १९ जनालाई प्रहरीले  कारबाही गरेको छ । तौलिहवा बजारमा  मास्क प्रयोग नगर्ने  तथा अन्य मापदण्ड पालना नगर्ने लाई नियन्त्रणमा लिई  संक्रमण रोग ऐन र कोभिड –१९ सम्बन्धी अध्यादेश बमोजिम कारवाही गरिएको हो ।

उनीहरुलाई प्रति ब्यक्ति २ सयका दरले जरिवना तिराइएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए । एक पटककालागि जरिवाना तिराइ छाडिएको उनले बताए । प्रहरी , सामुदायिक प्रहरी, नागरिक समाजको संयुक्त आयोजनामा तौलिहवा बजारमा गरिएको सचेतना कार्यक्रमकै बिच उनीहरुलाई प्रहरीले कारबाही गरेको थियो । 

कपिलवस्तु नगरपालिकाकी उप प्रमुख लक्ष्मी गुप्ता साउ र प्रहरी उपरिक्षक अधिकारीको अगुवाईमा निकालिएको र्यालीले तौलिहवाको गौढी चोक हुदै तौलिहवा बजारको परिक्रमा गरेको थियो । सोक्रममा ४ सय जनालाइ मास्क समेत बितरण गरिएको सामुदायिक प्रहरीका अध्यक्ष देबी प्रसाद बर्माले बताए । सचेतनामुलक कार्यक्रममै बजारमा हिडडुल गर्ने ब्यक्तिहरुले मास्क लगाए नलागएको अनुगमन समेत गरिएको थियो ।

प्रहरी उपरिक्षक अधिकारीले सबैमा अनिवार्य मास्क लागएर मात्र हिडन आग्रह गरे । सोक्रममा उप मेयर गुप्ताले तीब्ररुमपा फैलिएको कोरोना माहामारीको रोकथाम र नियन्त्रणकालागि सबैले अनिवार्यरुमपा मास्कको प्रयो गर्नु पर्नेमा जोड दिईन । उनले मास्कको सही प्रयोगले धरै हद सम्म कोरोनाबाट बच्न सकिने उनले बताईन । 

प्रकाशित : ६ असार २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६