प्रदेश

होटलमा बास बस्न आएका यूवा मृत भेटिए



दाङ ७ असार ।  दाङको घोराहीमा एक जना युवा मृत अवस्थामा फेला परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १४ कल्पु धर्मशाला नजिकै रहेको पाल्पाली होटलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले बताए ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ निवासी अन्दाजी ३५ वर्षिय आकाश खड्का रहेको प्रहरीले जनाएको छ । उनी सोमबार बिहान करिब ७ बजेतिर मृत अवस्थामा फेला परेको थिए । आइतबार बेलुका होटलमा बास बस्न आएका खड्काले अत्याधीक मापसे गरेर बोमिट गरेको फेला परेको उनले बताए । साथै घट्नाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

प्रकाशित : ७ असार २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६