अर्थ-वाणिज्य

कपिलवस्तुका ५ पालिकामा एकै दिन नीति र कार्यक्रम



कपिलवस्तु १० असार । कपिलवस्तुका बिभिन्न पालिकाहरुले आगामी आर्थिक बर्षकालागि बार्षिक नीति तथा कार्यक्रम ल्याएका छन । नगरपालिका र गाउपालिकाले नऔ सभाबाट बार्षिक नीति तथा कार्यक्रम पारित गरेका  हुन । कपिलवस्तु महाराजगंज, शिवराज नगरपालिका तथा यशोधरा र मायादेबी गाउपालिकाले आगामी आर्थिक बर्षकालागि नीति तथा कार्यक्रम ल्याएका हुन । 


पारित नीति तथा कार्यक्रम कोभिड, पुर्वाधार, कृषि शिक्षा, रोजगार लगायतका बिषयका केन्द्रित छन । कपिलवस्तु नगरपालिकाकाको नीति तथा कार्यक्रम मेयर किरण सिंहको आग्रह अनुसार प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले प्रस्तुत गरेका थिए । 

यस्तै महराजगंजको मेयर अब्दुल कलाम खा, शिवराज नगरपालिकाको मेयर नेत्र प्रसाद अधिकारी, यशोधरा गाउपालिकाको प्रमुख गिरिजेश कुमार पाण्डेय र  मायादेबीको बजरंगी प्रसाद चौधरीले  प्रस्तुत गरेका थिए । 

प्रकाशित : १० असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६