पर्यटन

तिलोत्तमामा मोवाइल कोरोना परीक्षण शिविर



रुपन्देही १७ असार । रुपन्देहीको  तिलोत्तमा नगरपालिकाले नगरका प्रमुख सडक तथा चोकमा निःशुल्क कोरोना संक्रमण परीक्षण गर्नेगरी मोवाइल परीक्षण शिविर सुरु गरेको छ । लकडाउन खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम कायमैं रहेको भन्दै नगरपालिकाले संक्रमणको चेन ब्रेक गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको हो ।

‘सडक एन्टिजन टेष्ट’ नाम दिइएको कोरोना परीक्षण कार्यक्रमको बुधबार मणिग्राम चोकमा सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारी पूर्णतः नहटेकोले सचेतना अपनाउन नगरबासीलाई अनुरोध गरे । समुदायमा पुनः महामारी फैलन सक्नेप्रति सचेत गराउँदै नगर प्रमुख घिमिरेले दैनिक कार्यसम्पादनमा स्वास्थ्य सुरक्षा मापदण्ड परिपालनामा जोड दिए । यसअघि प्रत्येक वडामा कोरोना परीक्षण गरेको तिलोत्तमा नगरपालिकाले बुधबारबाट सडकमैं एन्टिजन परीक्षण सुरु गरेको हो ।

कोरोना फोकल पर्सन केशव भट्टराईले क्रमशः नगरका प्रमुख सडक चोकहरुमा एन्टिजिन परीक्षण गरिने जानकारी दिए । बुधबारको परीक्षणमा ११४ जनाको नमूना संकलन गर्दा १३ जनामा कोरोना देखिएको थियो ।सडकमा हिँडेकाहरु मध्येबाट नमूनाको रुपमा कृषक, व्यवसायी, विद्यार्थी, गृहिणी, चालक सहचालकलगायतको कोरोना परीक्षण गरिएको थियो । एन्टिजिन परीक्षणबाट व्यक्तिमा कोरोना संक्रमण भएको वा नभएको तत्काल थाहा हुन्छ ।

प्रकाशित : १७ असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६