भैरहवा २७ असार । रुपन्देहीको सिद्धार्थनगर–८ नारायणपथमा रहेको सुन्दर्स ग्लास एण्ड फ्रेम हाउसमा शनिबार राती भएको आगालागी ८ घण्टा पछि नियन्त्रणमा आएको छ । रातको करिब ९ बजे विद्युत सट भई लागेको आगो नगरपालिकासहित छिमेकी पालिकाहरुबाट आएका एक दर्जनभन्दा धेरै दमकलहरु परचालन गरी नियन्त्रणमा ल्याइएको हो । तौलिहवा, रामग्राम, बर्दघाट, बुटवल, लुम्बिनी, सैनामैना, भैरहवा विमानस्थल, नेपाल आयल निगम लगायतका दमकलले विहान ४ बजे पछि मात्र आगो नियन्त्रणमा लिएका थिए ।
हाउसको भित्री भागमा रुपमा अझै पनि आगो सल्किरहेको छ ।भूई तल्लामा अगाडि फ्रेम र सिसाको पसल तथा पछाडी प्लाइउडको ठूलो गोदाम रहेको थियो । माथिल्लो तल्लामा गोदाम सहित परिवार पनि बस्दै आएका थिए । हाल भैरहवामा पानी परेकोले परिवारहरु बाहिर नै रात गुजार्नु परेको थियो । घर भत्किने डरले कोही पनि घर भित्र प्रवेश गर्न सकेका छैनन् ।आगालगी भएपछि परिवारको सकुशल उद्वार गरेछ ।
पसलका साथै घरायसी समान, मोटरसाइकल, नगद रकम समेत सबै पूर्ण रुपले जलेर नष्ट भएको छ । पसलको विमा थियो वा थिएन भन्ने स्पष्ट जानकारी आएको छैन । आगालागीबाट अनुमानित करिब ८ करोड बढी मुल्य बराबरको क्षति भएको सुन्दर हार्डवेयरका संचालक आकाश अग्रहरीले जानकारी दिए ।
प्रतिक्रिया